निजी जग्गामा कोल्डस्टोर र घेराबार गर्दा झडप «

निजी जग्गामा कोल्डस्टोर र घेराबार गर्दा झडप

तातोपानी गाउँपालिका–४ स्थित गौतमबाडा गाउँमा सरकारी लगानीबाट निजी जग्गामा कोल्डस्टोर निर्माण र घेराबार गरिएको भन्दै बिवाद भएको छ । सांसद विकास कोषको १५ लाख लगानीमा निर्माण समितिका अध्यक्ष समेत रहेका सोही गाउँका लक्ष्मीप्रसाद उपाध्यायले आफ्नो निजी जग्गामा कोल्डस्टोर निर्माण गरेको भन्दै विवाद भएको हो ।
कोल्डस्टोरलगायत सांसद विकास कोषको १ करोड ३३ लाख लगानीमा निर्माण भएका लिफ्ट सिँचाइ, टयांकी, घेराबार र कोल्डस्टोर अनुगमन गर्न मंगलबार तातोपानी गाउँपालिका उपाध्यक्ष गंगादेवी उपाध्यायको नेतृत्वमा टोली गएको थियो ।
लिफ्ट सिचाई,ट्यांकी र घेराबारको अनुगमन सकेर कोल्डस्टोरका लागि टोली गौतमबाडा पुग्यो । नीजि जग्गामा कोल्ड स्टोर निर्माण,घेराबार भएको, निर्माण समिति गठन गर्दा खबरै नगरेको, एकलौटी गर्न खाजेको भन्दै स्थानीयले अनुगमन टोलीलाई सुनाए । लामो छलफल हुन नपाउदै केहिबेरमै स्थानीयले निर्माण समितिका अध्यक्ष लक्ष्मीप्रासद गौतम माथि मनपरी गरेको भन्दै एकाएक हातपात गरे । त्यसपश्चात स्थानीय बीच ढुंगामुडा हुँदा अवस्था तनाव ग्रस्त भएको भयो ।
सार्वजानिक जग्गा हुँदाहुँदै निजी जग्गामा कोल्डस्टोर निर्माण किन गरियो ? तातोपानी गाउँपालिका ४ गौतमबाडाका स्थानीय हिमालय खत्रीले भने, “निजी जग्गामा सरकारी संचरना बनाउँदा व्यक्तिकै हुने कुरा संविधानमा उल्लेख छ । सार्वजनिक जग्गा हँुदाहँुदै नियतबस नीजि जग्गामा निर्माण गरियो । कोल्डस्टोर वडा अथवा समुदायकै नाममा हुनुपर्ने हाम्रो माग छ ।”
सांसद विकास कोषको ६३ लाख लागतमा तातोपानीको २,४ र ६ वडाका नागरिकको ४ हजार ३ सय मिटर जग्गा घेराबार गरिएको छ । पहिला ६३ लाख बजेट भित्रै पर्ने गरी कोल्डस्टोर निर्माण गरेको आसपासको नीजि जग्गामै घेरबार गरियो । तर अहिले बिवाद भएपछि घेराबार आफ्नो निजी लगानीमा भएको भन्न थालिएको समेत शिक्षक दीपक खत्रीले बताए ।
सरकारी लगानीमा नीजि जग्गामा कोल्ड स्टोर र घेराबार निर्माण भएको र छलफलका लागि असार ७ गते तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई निवेदन दिएको उनको भनाइ छ ।
कोल्डस्टोर सहकारीकै नाममा दिने मन्जुरीनामा
सांसद विकास कोषबाट निर्माण भएको कोल्डस्टोर मात्र नभई घेराबार,लिफ्ट सिँचाइ टंयाकी लगायतका संचरना ७ गाउँका स्थानीयको छलफल तथा परामर्शबाट निर्माण भएका छन् । कोल्डस्टोर निर्माण समितिका अध्यक्ष दिपक गौतमले भने, “विकासमा सामान्य विबाद हुन्छ । तर व्यक्तिगत रिस्सीविलाई जोडेर हातपात भयो । कोल्डस्टोर निर्माण तथा घेराबारमा कुनै नीजि स्वार्थ छैन् ।”
घेराबार मेरो नीजि लगानी हो । कोल्डस्टोर निर्माणका लागि मन्जुरीनामा भएको छ । अहिले सम्म भुक्तानी पनि लिएको नलिएको कोल्डस्टोर निर्माण समितिका अध्यक्ष लक्ष्मीप्रसाद उपाध्यायले बताए ।
सांसद विकास कोषको १ करोड ३३ लाख निर्माण भएका संरचनाहरु व्यवस्थापनका लागि ‘चौर नमुना सामूहिक कृषि सहकारी संस्था लिमिटेड’ सहकारी स्थापना गरेका छौ । सहकारीको अध्यक्षसमेत रहेका उपाध्यायले भने,“कोल्डस्टोर १५ वर्ष सम्म सहकारीको नाममा हुने गरी मन्जुरी नामा गरेका छांै । कोल्डस्टोर सांसद विकास कोषको योजना भएकोले वडा अथवा कुनै निश्चित समुदायको नाममा हुँदैन । ७ गाउँका स्थानीतहको हितका लागि १५ वर्षसम्म कोल्डस्टोर सहकारीकै माहतमा रहन्छ ।”
अधिबक्ता अनिता तिमिल्सीनाद्धारा लिखित मन्जुरीनामा पत्रमा तातोपानी २ का धनबहादुर बुढा र ६ का जक्ती प्रसाद न्यौपानेको साक्षीमा कोल्डस्टोर निर्माण समिति अध्यक्ष लक्ष्मीप्रसाद उपाध्यायले तातोपानी २,४ र ६ वडाका किसानका लागि कोल्डस्टोर एकतले घर बनाउन १५ वर्षका लागि जग्गा दिने भनि २०७७ फागुन २० गते मन्जुरीनामा भएको छ ।
यदपी, कोस्डस्टोर १५ वर्ष सम्म सहकारीका नाममा हुने भनिएपनि मन्जुरीनामा पत्रमा भने सो कुरा उल्लेख छैन् । तर कोल्डस्टोर बनाउनका लागि जग्गा उपलब्ध गराउने र पछि कुनै प्रकारको उजुरी नगर्ने उल्लेख गरिएको छ ।
६३ लाखमा गरिएको घेराबारअन्तर्गत निजी जग्गामा घेराबार गरिएको भन्ने छ । त्यो भरम हो । आवश्यक परे नीजि लगानीको विलभरपाई देखाउछु । अहिले सम्म गाउँपालिकाबाट घेराबार कोल्डस्टोरको भुक्तानी पनि लिएको नलिएको समेत गौतमको भनाइ छ । १५ वर्ष सम्म कोल्डस्टोर सहकारीकै नाममा हुने मन्जुरी नामा भएको छ । पछि संरचना नीजिकरण हुन सक्छ भन्ने शंका नगर्न सबैमा उनको अनुरोध गरे ।
गाउँपालिकाको ध्यानकर्षण
नीजि जग्गामा कोल्डस्टोर निर्माण गरेको विषयलाई लिएर गौतमबाडाका हिमालय खत्रीको टोलीले अनुगमन समिति माथि हातपात गरेको, गाली गलौज गरेको प्रतितातोपानी गाउँपालिकाले आपत्ती जनाएको छ ।
तातोपानी गाउँपालिकाकी उपाध्यक्ष तथा अनुगमन समिति संयोजक गंगादेवि उपाध्यायद्धारा जारी विज्ञप्तीमा लेखीएको छ,“उपाध्यायलाई लछारपछार गरेको,गालीबेईजती गरेको र कर्मचारी जागिर खाईदिने समेतको धम्की दिएको र अनुगमन टोली माथिनै हमला गरेको घटना प्रति गम्भीर ध्नानकर्षण भएर त्यसको कानुनी उपचार खाजिने उल्लेख छ ।”

प्रतिक्रिया दिनुहोस्