Logo

यातायातबाट २ करोड बढी राजस्व


लमजुङमा यातायात सेवा सुरु भएको पहिलो आर्थिक वर्षमा २ करोड बढी रुपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको असोज पहिलो सातादेखि सुरु भएको यातायात सेवा प्रवाहबाट असार मसान्तसम्मको अवधीमा २ करोड ४२ लाख २६ हजार ५ सय ३ रुपैयाँ राजस्व संकलन भएको हो ।
जिल्लास्थित पूर्वाधार विकास कार्यालयमार्फत असोजको ४ गतेबाट यातायातसम्बन्धी सेवा प्रवाह सुरु भएको हो । विलबुक नवीकरण, यातायात रुट परमिट, नवीकरण तथा पटके संकलन सेवाबाट सो रकम राजस्व संकलन भएको पूर्वाधार विकास कार्यालय यातायात शाखाका कर्मचारी ससिन्द्र न्यौपानेले बताए ।
न्यौपानेका अनुसार असार महिनाको मसान्तसम्म कार्यालयबाट सवारी साधन करबाट मात्रै २ करोड १२ लाख ७६ हजार १ सय ४८ रुपैयाँ राजस्व संकलन भएको छ । सो बाहेक कार्यालयमा चालक अनुमतिपत्र सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट १० लाख ४४ हजार ५ सय ५५ रुपैयाँ जम्मा भएको छ भने यातायात क्षेत्रका आम्दानीबाट ३ लाख ५८ हजार ७ सय रुपैयाँ राजस्व संकलन भएको यातायात शाखाले जनाएको छ । कायलयले गत आर्थिक वर्षभरिमा १५ लाख ४६ हजार ९ सय रुपैयाँ सवारी आयकर रहेको जनाएको छ ।
कार्यालयका अनुसार गत आर्थिक वर्षको १० महिनाको अवधीमा २ हजार ३ सय ९२ वटा सवारी विलबुक नवीकरण भएको पाइएको छ । विलबुक नवीकरण हुने सवारी साधनमध्ये सबैभन्दा धेरै १ हजार ८ सय ९१ बटा मोटरसाईकल तथा स्कुटर छन् । सोबाहेक जिल्लामा १ सय ३३ वटा ट्रयाक्टर, ४९ वटा निजी पिकअप, पाँचवटा भाडा मिनीट्रक, ११ वटा भाडाट्रक, ३१ वटा निजीजिप, २० वटाभाडा बस, पाँचवटा भाडामाईक्रो बस र ३० वटा भाडामा चल्ने मिनी बस छन् ।
यसैगरी ५७ वटा निजी कार, १४ वटाभाडा जिप, १४ वटाट्रिपर, पाँचवटा एक्साभेटर, १० वटानिजी बस, १५ वटाभाडा ट्याक्सी र एउटा निजी ट्रक नवीकरण भएको छ । जिल्लामा सातवटा सरकारी मोटरसाईकलतथा स्कुटर, तिनवटा सरकारी कार, जिप तथा भ्यान, ९ वटा एम्बुलेन्स र तीनवटा अन्य सवारी साधनको विलबुक नविकरण भएको कार्यालयले जनाएको छ ।
कार्यलयबाट प्रदान भइरहेको सेवा प्रवाहमध्ये एक सय ४० सवारी साधनहरूले रुट प्रमिट सेवा लिएका छन् । जसमध्ये ९० वटा भाडामा चल्ने पिकअप छन् भने १५ वटा भाडामा चल्ने मिनीबसहरूले रुट प्रमिट लिएको यातायात शाखाले जनाएको छ । शाखाकाअनुसार अन्य रुट प्रमिट लिने सवारी साधनहरूमा २९ वटा भाडाजिप, पाँचवटा भाडामा चल्ने ट्याक्सी र एउटा माइक्रो बस छ ।
त्यसैगरी जिल्लामै यातायात सेवा सुुरु भएसँगै गत आर्थिक वर्षमा १ सय ५९ सवारी साधनको सवारी जाँचपास भएको छ । जसमध्ये १ सय ८ भाडा पिकअपको सवारी जाँचपास भएको कार्यालयले जनाएको छ । सो बाहेक १८ वटाभाडा बस, चारवटामाईक्रो बस, दुईवटा भाडामिनी बस, २२ वटा भाडाजिप, एउटा भाडाट्रिपर र चारवटाभाडा ट्याक्सी छन् ।

प्रतिक्रिया दिनुहोस्