देउवा–मोदी टेलिफोन वार्ता

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई छिट्टै कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने आश्वासन दिएका छन् । प्रधानमन्त्री देउवासँगको टेलिफोन वार्तालापका क्रममा सोमबार उनले सो आश्वासन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सो अवसरमा प्रधानमन्त्री मोदीले आफ्ना नवनियुक्त समकक्षी प्रधानमन्त्री देउवालाई बधाई दिएका थिए । साथै प्रधानमन्त्री देउवाले बधाईका लागि उनलाई धन्यवाद दिएका थिए । दुवै प्रधानमन्त्रीले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेको मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री देउवाले आइतबार राति संसद्मा विश्वासको मत पाएलगत्तै मोदीले ट्विट गरेर बधाई दिएका थिए ।