एनआईसी एशिया क्यापिटलको अध्यक्षमा ढकाल «

एनआईसी एशिया क्यापिटलको अध्यक्षमा ढकाल

एनआईसी एशिया क्यापिटलको सञ्चालक समितिको अध्यक्षमा एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल नियुक्त भएका छन् ।
ढकालसँग आईसीआईसी बैंक भारत र डेलोइट इन्डिया (बिग–४) मा समेत काम गरेको अनुभव छ । उनीसँग हाम्रो विकास बैंकमा काम गरेको पनि अनुभव रहेको छ ।
ढकाल एआआईसी एशिया बैंकको बिजनेश प्रेशेस रि–इन्जिनियरिङ विभागको प्रमुखको भूमिकाबाट एनआईसी एशियामा प्रवेश गरी बैंकको उच्च व्यवस्थापन तहमा रही १२ वर्षभन्दा बढीको बैंकिङ क्षेत्रमा काम गरेका छन् ।
हाल एनआईसी एशिया लघुवित्त वित्तीय संस्थामा समेत अध्यक्ष रहेका यनले हासिल गरेको लामो कार्यानुभव तथा उच्च ब्यवस्थापकीय क्षमताले आगामी दिनमा क्यापिटलले समग्र व्यवसाय विस्तार र क्यापिटलले दिने सेवालाई उत्कृष्ट बनाउने अपेक्ष लिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्