Logo

नेको इन्स्योरेन्सले १५.५% बोनश सेयर दिने

नेको इन्स्योरेन्स कम्पनीको २५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभामा प्रस्तावित कुल १६.३२ प्रतिशत लाभांशको प्रस्ताव पारित भएको छ । सभामा आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट १५.५ प्रतिशत बोनश सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.८२ प्रतिशत नगद लाभांश पारित भएको हो ।
सभाले अध्यक्षले तयार पारेको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ । यस्तै लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा समेत पारित भएको कम्पनीले जनाएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ३१ करोड रुपैयाँ रहेको छ । कम्पनीले पारित गरेको २० करोड ४२ लाख रुपैयाँको बोनस सेयर वितरण पछि चुक्ता पुँजी एक अर्ब ५२ करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्