प्रधानमन्त्री शेर बहादुर देउवा बालुवाटार प्रवेश «

प्रधानमन्त्री शेर बहादुर देउवा बालुवाटार प्रवेश

प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार सरेका छन् ।
मंगलबार प्रधानमन्त्रीको सपथ लिएका देउवा शुक्रबार बिहान बुढानीलकण्ठबाट सरकारी निवास बालुवाटार सरेका हुन् । प्रधानमन्त्री देउवा बिहान (१०ः०३) बजेको शुभसाईतमा मा प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेका हुन् ।
उनलाई निजी निवास बुढानीलकण्ठदेखि बालुवाटारसम्म सुरक्षाकर्मीले स्कटिङ गरेका थिए ।
सर्वोच्चको परमादेशपछि गत मंगलवार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकि थिइन् ।

प्रतिक्रिया दिनुहोस्