सिवाईसी र शालिग्राम लघुवित्तको एकीकृत कारोबार सुरू «

सिवाईसी र शालिग्राम लघुवित्तको एकीकृत कारोबार सुरू

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले शालीग्राम लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी एकीकृत कारोबार सुरू गरेको छ ।
राष्ट्रिय स्तरको सिवाईसी नेपाल लघुवित्तले प्रदेशस्तरको शालिग्राम लघुवित्तलाई प्राप्ति गरेको हो । एकीकृत कारोबारको शुभारम्भ सिवाइसी नेपाल लघुवित्तको मुख्य प्रवद्र्धक संस्था चारतारे युवा क्लब नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल, सिवाईसीका अध्यक्ष पद्यनाथ शर्मा र शालिग्रामका अध्यक्ष कृष्ण प्रसाद थापाले संयुक्त रुपमा गरेका हुन् ।
यी दुवै कम्पनीले जेठ २४ गते बसेको छुट्टाछुट्टै विशेष साधारणसभामार्फत प्राप्ति सम्बन्धि प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैकले असार १५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार २५ गते प्राप्तिका लागि अन्तिम स्वीकृति पाएसँगै एकीकृत कारोबार सम्पन्न भएको हो ।
शालीग्राम लघुवित्तको १०० कित्ता सेयर बराबर सिवाईसी नेपाल लघुवित्तलाई ७५ कित्ता शेयर दिने गरी शालीग्राम लघुवित्तलाई प्राप्ति गरेको हो । प्राप्तिपछि कम्पनीको चुक्तापुँजी १२ करोड १६ लाख रूपैयाँ रहेको छ । अब कम्पनीले ३८ वटा शाखा कार्यालममार्फत लघुवित्त सेवा प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्