एक सय ९० क्विन्टल चामल बिक्री

कोरोना महामारीका कारण जारी लकडाउनमा रुकुम पश्चिमको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखाबाट एक सय ९० क्विन्टल चामल बिक्री भएको छ । सर्वसाधारणका लागि खाद्य व्यवस्था कम्पनीले देशैभर सहुलियत मूल्यमा चामल उपलब्ध गराएपछि मुसिकोटको खाद्य व्यवस्थाबाट एक सय ९० क्विन्टल चामल बिक्री भएको हो ।
शाखा प्रमुख चन्द्रबहादुर खड्काका अनुसार जेठ २१ देखि असार ७ गतेसम्म कायम रहेको सहुलियत मूल्य प्रणालीमा जिल्लाका ६ सय ६६ घरपरिवारले खाद्यान्नको चामल लिएका छन् ।
खाद्य कम्पनीले प्रत्येक चामल २० प्रतिशत छुटमा सर्वसाधारणलाई उपलब्ध गराइएको र अन्य समय भन्दा लकडाउन अवधिमा केही बढी मात्रामा चामल बिक्री भएको बताएको छ । जारी लकडाउन अवधिमा जिल्लाका ६ वटै पालिकाका सर्वसाधारणले खाद्य व्यवस्था कम्पनीको चामल सहुलियत मूल्यमा उपभोग गरेका छन् ।
कम्पनीले सर्वसाधारणलाई जिरा मसिना, अरुवा सोना मन्सुली र अरुवा मोटो चामल उपलब्ध गराएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा हाल ५ सय ीक्वन्टल चामल मौज्दात रहेको र थप एक हजार क्विन्टल पनि केही दिनभित्र आइपुग्ने बताइएको छ ।