सिटिजन्स बैंक र सिर्जना फाइनान्स एकीकृत कारोबार «

सिटिजन्स बैंक र सिर्जना फाइनान्स एकीकृत कारोबार

सिटिजन्स बैंक इन्टरनेसनलले सिर्जना फाइनान्सलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको छ ।
विराटनगरमा प्रधान कार्यालय रहेको नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत प्राप्त फाइनान्सलाई प्राप्ति गरेसँगै दुवं संस्थाको संयुक्त कारोबार सुरु भएको हो । एकीकृत कारोबारको सिटिजन्स बैंकका अध्यक्ष राजनसिंह भण्डारीले संयुक्त कारोबारको शुभारम्भ गरेका हुन् ।


२०७८ साल असार २५ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंक इन्टरनेसनलले सिर्जना फाइनान्सलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिब १ खर्ब ४१ अर्ब रुपैयाँ हुनेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिब १ खर्ब २४ अर्ब रुपैयाँ हुनेछ । प्राप्तिसँगै बैंकको कुल शाखा १८९ हुनेछने भने ग्राहक संख्या करिव १२ लाख पुगेको बताइएको छ ।


सिटिजन्स बैंकको प्रदेश–१ मा १३ वटा शाखा रहेकोमा सिर्जना फाइनान्सको प्राप्ति पश्चात् २७ वटा शाखाहरु र प्रदेश–२ मा २७ वटा शाखाहरु सञ्चालनमा आएका छन् । सहमति अनुसार, सिर्जना फाइनान्सका सेयरधनीले १०० कित्ता सेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनलको ९५ कित्ता सेयर पाउनेछन् । सिटिजन्स बैंकको हालको चुक्ता पुँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछि १२ अर्ब ५७ करोड रुपैयाँ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्