नबिल बैंक र युनाइटेड फाइनान्सको एकीकृत कारोबार सुरू «

नबिल बैंक र युनाइटेड फाइनान्सको एकीकृत कारोबार सुरू

नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने प्रक्रिया पूरा भएको छ । प्राप्ति प्रक्रिया पूरा भएर आइतबारदखि एकीकृत कारोबार सुरु भएको छ ।आइतबार आयोजित कार्यक्रममा नबिल बैंक तथा युनाइटेड फाइनान्सका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल र बसन्तुकमार चौधरीले एकीकृत कारोबार सुभारम्भ गरेका हुन् ।

नबिल बैंकका अध्यक्ष पौडेलले सरकार तथा नेपाल राष्ट्र बैंककोे नीतिगत व्यवस्थालाई अंगिकार गरी मर्जर तथा प्राप्ति प्रक्रियामा बैंक अगाडि बढेको बताए । “यो प्राप्तिले बैंकको आगामी व्यावसायिक क्रियाकलाप एवं देशको समग्र वित्तीय क्षेत्रको गतिविधिमा समेत विशेष योगदान पुग्ने कुरामा हामी विश्वस्त रहेका छौं,” अध्यक्ष पौडेलले भने । युनाइटेड फाइनान्सलाई प्राप्ति गरे पश्चात नबिल बैंकको चुक्ता पुँजी १३ अर्ब ८४ करोड पुग्नेछ भने कुल पुँजीकोष ३२ अर्ब ६८ करोड हुने बताइएको छ । बैंकको शाखा सञ्जाल वृद्धि भएर १३५ हुने बताइएको छ ।

त्यसैगरी एटीएमको संख्या भने १८३ हुनेछ । निक्षेपको अंक २१६ अर्ब रूपैयाँ हुनेछ भने कर्जाको अंक २०१ अर्ब रूपैयाँ हुने बैंकले जनाएको छ । यसले गर्दा नबिल बैंकको कर्जा एवं निक्षेप दुवैको अंक २ खर्ब रूपैयाँ भन्दा माथि हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्