युनियन लाइफको आईपीओमा तेश्रो दिन ४.५६ गुणा बढी आवेदन

यही असार २४ गतेबाट निष्काशन भएको युनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक निष्काशनमा तेश्रो दिन ४.५६ गुणाले ओभर सब्सक्राइब भएको छ ।
६४ लाख ५० हजार कित्तामध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सेयर निष्काशन गरिएकोमा निष्काशनको तेश्रो दिनसम्म १८ लाख ३५ हजार ६ सय ५६ जना सर्वसाधारण लगानीकर्ताबाट २ अर्ब ९४ करोड ६३ लाख ४९ हजार रकम बराबरको २ करोड ९४ लाख ६३ हजार ४ सय ९० कित्ता सेयरका लागि आवेदन परेको छ ।
यो आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकको कार्य प्रभु क्यापिटलले गरेको हो । यो आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १०कित्तादेखि अधिकतम ३२ हजार २ सय ५० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । यो आईपीओमा आवेदन दिने अन्तिम समय छिटोमा असार २८ गतेसम्म रहेको छ ।