राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समिति अध्यक्षमा पुडासैनी «

राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समिति अध्यक्षमा पुडासैनी

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष रामशरण पुडासैनीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
अध्यक्ष पुडासैनीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ बमोजिम सोमबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले रामशरण पुडासैनीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । यसअघि अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माले पदबाट राजीनामा दिएका थिए । अध्यक्ष रामशरण पुडासैनी नेपाल सरकार अर्थ मन्त्रालयका राजस्व सचिव हुन् ।
शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय निलम तिम्सिना ढुङ्गाना तथा बमबहादुर मिश्र, अन्य उच्च पदाधिकारीहरु र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी लगायत अन्य कर्मचारी उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्