हुम्डे विमानस्थल पुन सञ्चालनमा आउने «

हुम्डे विमानस्थल पुन सञ्चालनमा आउने

मनाङ- गण्डकी प्रदेश सरकारको चालू आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रमअनुसार पोखरालाई ७ वटै प्रदेशसँग हवाईमार्गसँग जोड्ने भएसँगै हिमालपारीको जिल्लाको नामबाट परिचित मनाङ जिल्लामा पुनः हवाईजहाज सञ्चालनमा आउने भएको छ । मनाङ जिल्लाको मनाङ ङिस्याङ्ग गाउँपालिकामा रहेको हुम्डे विमानस्थलबाट उडान सञ्चालनमा आउने खबर सुनेपछि स्थानीयवासीहरू खुसी भएका हुन् । पहिला सो विमानस्थलबाट उडान सञ्चालन भइरहेकोमा २०७० सालबाट बन्द रहेको उक्त विमानस्थल अब भने पुनः सञ्चालनमा आउने भएको हो ।
मनाङबाट पोखरा सातामा दुई पटक नेपाल वायुसेवा निगमले उडान सेवा दिँदै आएकोमा विभिन्न कारणबस २०७० सालबाट बन्द रहेको थियो । मनाङमा पुनः पाँच वर्षपछि हवाई सेवा सञ्चालनमा आउने भएको हो । प्रमुख जिल्ला अधिकारी रुद्र नाथ देबकोटाका अनुसार यस विषयमा औपचारिक रूपमा खबर नआएको र अनौपचारिक रूपमा सम्बन्धित प्रतिनिधिहरूबाट मौखिक रूपमा खबर भएको र तयारीका लागि सम्बन्धित स्थानीय तहका लागि खबर गरी सो दिनको तयारीका लागी सक्रिय रूपमा काम अगाडि बढाउन आदेश दिइसकिएको र सोहीअनुसार काम कारबाही भइरहेको उनले बताए ।
उनका अनुसार हुम्डे विमानस्थलका कर्मचारी तथा टेक्निसियनलगायतका एयपोर्टका कर्मचारीहरू पनि जिल्ला बाहिर भएकाले सो दिनको तयारीका लागि कर्मचारीहरूलाई जिल्ला आउनका लागि समेत खबर गरिसकिएको बताए । सरकारी उडान कि प्राईभेट कम्पनीको उडान हुने यस बिषयमा भने खबर नरहेको उनको भनाइ छ । सरकारी वा प्रइभेट कम्पनीबाट उडान हुने उहाँले बताए ।
पुन हवाईजहाज सञ्चालन हुने भएपछि मनाङका स्थानीय बासी खुसी भएको मनाङ ङिस्याङ्ग गाउँपालिका हुम्डेका स्थानीयबासी राजु गुरुङले बताए । हवाई उडान भए पछि आन्तरिक तथा बाहिय पर्यटकहरूलाई समेत सहज हुने भएको छ ।
२०७१ वैशाखबाट मनाङको एकमात्र हुम्डे विमानस्थलमा हालसम्म कुनै पनि एयरलाइन्सले उडान भर्न मानेको थिएन । हुम्डे विमानस्थल समुद्री सतहबाट ११ हजार १ सय ४५ फिटको उचाइमा छ । सो विमानस्थलमा २०३९ साल असोजदेखि नेपाल वायुसेवा निगमले मनाङदेखि पोखरा र पोखराबाट मनाङ सडान सेवा दिँदै आएको थियो । हालसालैका लागि भने साप्ताहिक रूपमा उडान गरिने पर्यटनमन्त्री विकास लम्सालले बताए । अब मनाङ पोखराको सिधा उडान हुने भए पछि मनाङको उत्पादन निर्यात गर्न सहज हुने भएको छ ।
नेपाल नागरिक उडयन प्राधिकरणले पुस २४ गते पोखराबाट मनाङ पहिलो उडान गर्ने भनिय तापनि मनाङ जिल्लाको मसम बिग्रदै गएको र हिमपातका कारण सो मितिमा पहिलो उडान गरी उद्घाटन गर्नमा थप समस्या र चुनौती रहेको छ ।
यस्तै सरकारले हरेक स्थानीय तहमा हेलिप्याड बनाउने नीतिअनुसार हरेक स्थानीय तहसँगको समन्वय गरी मनाङ जिल्लाको चारै गाउँपालिका र गाउँ–गाउँमा हेलिप्याडको कार्यसमेत सम्पन्न भइसकेको चारै गाउँपाकिलाका अध्यक्षहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्