मुगुका हिमाली बस्तीमा ब्यापक रूपमा फेला प्रर्न थाले कोरोना संक्रमित

मुगु जिल्लाका मुगमकार्मारोङ गाउँपालिकामा कोरोना संक्रमणको दर व्यापक रूपमा फैलिरहेको छ । ज्वरो र रुघाखोकीका बिरामी बढेपछि गाउँपालिकाले कोरोना परीक्षणलाई तीव्रता दिएको छ ।
जहाँ परीक्षण ग¥यो उतै संक्रमित भेटिएपछि स्थानीयवासीहरू निकै त्रसित बनेका छन् ।
एक साता पहिले गरिएका परीक्षणमा सोरु, खत्याड र छायानाथरारा नगरपालिकाको तुलनामा मुगमकार्मारोङमा कोरोना संक्रमणको दर निकै बढी रहेको छ । गाउँपालिकामा रहेका माग्री, मह, पुलु, चिमात, पापु, रिउस, सेरोक, किम्री, दाउरा, ताखा, चितैलगायत गाउँ बस्तीहरूमा धमाधम संक्रमित बढेपछि नियन्त्रणमा समस्या आएको छ ।
एक गाउँका झन्डै ९० प्रतिशत बिरामीमा कोरोना देखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक बलिराज बुढाले बताए । ‘अरू स्थानीय तहमा संक्रमण घट्दो छ,’ उनले भने, ‘यहाँ भने जसलाई परीक्षण ग¥यो उसैमा कोरोना पुष्टि भइरहेको छ ।’ एउटै घरमा ४÷५ जनासम्म बिरामी परेपछि उपचारमा समस्या भइरहेको छ । कोरोनाबाट बच्न र बचाउनको लागि सरोकार वाला सबैले सहयोग गर्न अनुरोधका साथै गाँउपालिकामा रहेका सबै स्वास्थ्यकर्मी राता दिन खटिरहेका छौं यही रेसीयोमा संक्रमित वृद्घि हुने हो भर्ने नियन्त्रणको लागि २,४ महिना लाग्र्ने अनुमानित गरीएको छ ।
कोरोनाका कारण गाउँपालिकामा अहिले सम्म १ जनाको मृत्यु भइसकेको छ । कोरोना परीक्षण तथा उपचारका लागि गाउँगाउँमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ आइसोलेसनको व्यवस्था नहुँदा सबै संक्रमितलाई होम आइसोलेसनमा बस्न आग्रह गरिएको भएपनि स्थानिय रितीरिवाजका कारण मेल, जमघट, सामूहिक काम विवाह, ब्रतबन्ध गर्ने जिल्ला बाहिर रहेका स्थानीय बासीहरू गाउँआउँदा कोरोना ब्यापक फैलिएको अनुमान गरिएको छ । संक्रमित बढेपछि गाउँपालिकाबाट प्रवाह हुने सबै सेवा बन्द गरिएको मुगमकामारोङ्ग गाँउपालीकाले जानकारी गराएको छ ।
नत औषधि नत स्वास्थ्यकर्मी पालिकामा
मुगमकार्मारोङमा कोरोना संक्रमितको संख्या बढे पनि औषधि र स्वास्थ्यकर्मी पर्याप्त नहुँदा उपचारमा समस्या भएको छ । अधिकांश स्वास्थ्य संस्थामा सिटामोलसमेत नभएपछि संक्रमितहरू घरेलु जडीबुटी र धार्मी झाक्रीको भरमा उपचारको गराई रहेका छन् । आ.व ०७७।०७८ सालमा गाउँपालिकाले १५ लाख भन्दा बढीको औषधी खरिद गरेको र केही औषधी जिल्ला अस्पताल मुगुबाट लिए पनि हिजो आज गाउँपालिकामा रहेका केही स्वास्थ्य केन्द्रमा सिटामोलसमेत सकिएको छ ।
मुगमकामारोङ्ग गाउँपालिकाले कोरोनाको रोगको ३ सय ९० जनामा एन्टिजेन परीक्षण गर्दा १ सय ५० जनामा पोजेटिभ देखिएको छ भर्ने होम आइस्योलेसनमा बस्र्नेको संख्या १ सय २४ जना र १ जनाको मृत्यु भएको छ । हिजो–आज परिक्षण गर्ने किट अभावकार कारण धेरै कोरोनासँग मिल्दो जुल्दो लक्षण भएका बिरामीको संख्या बढी रहेको पाइन्छ ।