Logo

आइएमई जनरलको बिक्री प्रबन्धक नियुक्त

आइएमई जनरल इन्स्योरेन्स कम्पनीले ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्नका लागि ग्लोबल आइएमई क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
वैशाख १२ गते सम्पन्न आर्थिक वर्ष २०७६/०७७ अर्थात् २३ औ वार्षिक साधारणसभाबाट ७ प्रतिशत बोनस सेयर पारित पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब १५ करोड ७५ लाख रुपैयाँ पुगेको छ । यहि पुँजीको ४० प्रतिशत अर्थात ४६ करोड ३० लाख रुपैयाँको हकप्रद सेयर जारी गर्ने छ । हकप्रद सेयर निष्काशन पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ ।
हकप्रद सेयर निष्काशन सम्बन्धी सम्झौतामा आइएमई जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ तथा निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणि ढकालले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्