मनाङेले साथ छोड्दा गठबन्दन सरकार बनेको गुरुङको दाबी «

मनाङेले साथ छोड्दा गठबन्दन सरकार बनेको गुरुङको दाबी



सत्ता प्राप्तिका लागि गरिने गठबन्दन सक्ता र कुर्सी तल–माथि हुन साथ विद्रोह सुरु हुने गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । मुख्यमन्त्रीको निवासमा आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा निवर्तमान मुख्यमन्त्री गुरुङले हाल प्रदेशमा गठन भएको एक स्वतन्त्रसहित ४ दलको गठबन्दन सरकार हाल सक्ता प्राप्तिका लागि गठ भएकाले कुनै दिनमा सत्ता र कुर्सी नमिलेको दिनमा विद्रोह (झगडा) सुरु हुने दाबी गरेका हुन् ।
हाल गठन भएको गठबन्दन सरकारको आयु लामो नहुने उनको बनाइ छ । आफैं दलभित्र गुट उपगुट भएको अवस्थामा गठबन्दन सरकारको आयु कम हुने बिद्रोह हुन सक्ने निवर्तमान मुख्यमन्त्री गुरुङले बताए । गठबन्दनले हयार हतार रातरात आन्दोलन घेराबन्दी गर्न कुनै आवश्यक नभएको उनको भनाइ थियो । एउटा सरकार ढलेपछि अर्को सरकार गठन गर्न र सभामुख बाहेक ५९ जनाले दाबी गर्न पाउने अधिकार भएको बताउँदै गरुङले आफ्नो मुख्यमन्त्रीमा प्रदेश प्रमुख कार्यालय समक्ष दावी पेश गर्नुभन्दा पनि आफ्नो पक्षमा २७ जना सांसद रहेको त्यसको लिष्ट पेश गरेको जनाए । गठबन्दनले भनेझै सारा हर्कद गरेर मुख्यमन्त्रीमा टिक्ने आफ्नो कुनै योजना नभएको निवर्तमान मुख्यमन्त्री गुरुङको दाबी छ । उनले प्रमुख प्रतिपक्षका रूपमा आफूहरूको भूमिका अब गठबन्दन सरकारलाई रचनात्मक सहयोग गर्ने बताए ।
उनले भने, “यो पृथ्बीसुब्बा गुरुङ एउटा निष्ठा के मा छ भने प्रदेश सभा र प्रदेश सरकारहरू ५ वर्षको कार्यकाल पूरा गर्न पाउनुपर्छ, संघीय सासन प्रणालीको सामर्थ, त्यसले देखाउने, प्रत्याभूति गराउने र केन्द्र सरकारमा धुलमुल भए पनि प्रदेश सरकार आफ्नै गतिमा चलि रहनु पर्छ । ” संघीयताको पुस्ट्याइका लागि पनि प्रदेश सरकार ५ बर्ष निरन्तर रूपमा चल्नुपर्ने उनले जनाए ।
विधि पु¥यायरै जान खोज्दा विपक्षि गठबन्दनका मुख्यमन्त्री नियुक्तिमा केही ढिलाइ भएको गुरुङले दाबी छ । उनले भने, “मुख्यमन्त्रीलाई वलका आधारमा वल देखायर फाल्न खोज्ने, हामीले पहिलेदेखि भन्दै आएका थियौं कि हामी विधिअनुसार जान्छौं त भनेकै थियौं, केही समय कुर्न सकिँदैन, गठबन्दनले जंगली असभ्य व्यवहार प्रदर्शन गर्याे ।
संघीयताको कार्यान्वयनमा आफू संघ सरारसंग लड्दै एकता सघर्ष गर्दै आएको बताए । प्रदेशको स्वायत्तता कायम गरेर काम गर्नुपर्ने निवर्तमान मुख्यमन्त्री गुरुङले बताए । बहुउद्देश्यका योजनामा पूरा गरे प्रदेश सरकारको निश्चित अवधिमा देखिने गरी केही काम हुने उनको दाबी छ ।
प्रदेशमा एमाले दलको नेता भएको नाताले पार्टी भित्र आफ्नो फुर्सदको समय भरपूर्ण रूपमा सदुपयोग गर्ने उनले दाबी गरे । उनले भने, “पार्टीभित्र जुन प्रकारको विक्राम छ, त्यसले पनि सिंगो राजनीति र त्यसको प्रभाव हाम्रो प्रदेशमा पनि पर्यो, त्यसको मागमा म पनि परे ।” नेपालमा एउटा प्रवृत्तिले गर्दा नेपालका राजनीतिमा उथलपुथल ल्याउने काम भएको निवर्तमान मुख्यमन्त्री गुरुङले जनाए । उनले भने, “के चिज नेपालमा छ, अदृश्य शक्तिले पार्टी र नेताहरूविरुद्ध विभाजन गरी बिक्राम गराउने काम भएको उनले जनाए ।”
उनले भने, “सबै समस्याको जड प्रधानमन्त्री केपी शर्मा ओली होइनन प्रधानमन्त्री र ठूलो पार्टीको अध्यक्ष भएको नाताले एउटा पात्र उहाँ पनि हुनुहोला, अन्य पार्टीको यसमा प्रतिपक्षको भूमिका के, राजनीतिक दलहरूले अब आफ्नो भूमिका परिवर्तन गर्नुपर्छ । ”
आजको दीनमा कहाँ चाहि आइसब्रेक गर्नुपर्ने रै’छ त्यसको अबस्था मुख्यमन्त्रीले थाहा पाउने उनले जनाए । प्रदेश सरकार बलियो हुनुपर्छ भन्ने भूमिकामा प्रतिपक्ष दलको नेता भएको नाताले फरक परे पनि निष्ठामा कुनै फरक नपर्ने उनले जनाए । एक स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई आफूले राम्रो गर्ने देखेर मन्त्री बनाय पनि पछि गठबन्दनमा गएको कारण गठबन्दन सरकार बनेको गुरुङले दाबी गरे ।
निर्वाचनका वेला देखि एमालेले सहयोग गर्दै आएको मनाङेलाई आफूहरूले चाहेको भए सांसद पदसमेत खारेज गर्न सक्ने तर आफूहरूले त्यसो नगरेको उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्