Logo

संक्रमित बढेसँगै स्थानीय प्रशासनले निशेधाज्ञा बढ्यो एक गाँउपालिका सिल

??????


हिमाली जिल्ला मुगुमा कोरोनाका संक्रमित बढेपछि स्थानीय प्रशासनले निषेधाज्ञा पनि बढ्एको छ भने खत्याड गाउँपालिका सिल गरेको छ ।
मुगुमा कोभिड–१९ कोरोना भाइरसको दोस्रो चरणको नयाँ भेरियन्ट नामक भाइरस मुगु जिल्लाका दूरदराजमा रहेका बस्तीहरुमा व्यापक रूपमा फैलिएपछि स्थानीय जिल्ला प्रशासन कार्यालय मुगुले २०७८ साल वैशाख २२ गते राति १२ बजेबाट सुरु गरेको निषेधाज्ञा जेठ मसान्तसम्म लागू गरिएको छ ।
जिल्ला कोभिड व्यवस्थापन समिति मुगुले गरेको निर्णयअनुसार पछिल्लो समयमा मुगुमा प्रत्येका दिनका कोरोनाको परीक्षण गर्दा निम्नतम ५ देखिमाथि संक्रमितहरुको संख्या बढ्न थालेपछि पुनः जिल्ला कोभिड व्यवस्थापन समिति मुगुले एक सातासम्मका लागि पुनः मुगु जिल्लाको सदरमुकाम गमगढी बजार र चारवटा स्थानीय तहहरुमा समेत लागू हुने गरी निषेधाज्ञा लागू गरेको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर शिवाकोटीले जानकारी गराएका छन् ।
प्रजिअ शिवाकोटीको अनुसार मुगु जिल्लाका कोभिड–१९ बाट बच्न र बचाउनका लागि गरिएको निषेधाज्ञा गरिए पनि पछिल्लो समयमा कोरोनाका संक्रमितहरु घट्नुका साटो बढिरहेको हुँदा पुनः एक साताका लागि निषेधाज्ञा लमब्याएको छ । निषेधाज्ञाको अपमान गर्ने जोसुकैलाई कानसनि कारबाही समेत गरीर्ने बताएका छन ।
पछिल्लो समयमा मुगु जिल्लामा १ हजार ९ सय ७५ जनालाई एन्टिजन किट परीक्षण गर्दा ३ सय ७७ जना संक्रमित देखिएको जिल्ला अस्पतालमा २ जनाको उपचार भइरहेको स्वास्थ्य केन्द्र रातापानीमा १४ जनाको उपचार भैरहेको, होम आइसोलेसनमा १ सय ९० जना रहेको, आजसम्म कोरोना भाइरस जितेर घर जानेको संख्या १ सय ६९ जना रहेको स्वास्थय सेवा कार्यालय मुगुका खोप फोकलर्पसन दिपबहादुर रावलले बताएका छन् ।
यता खत्याड गाउँपालिकामा पनि व्यापका रूपमा कोरोना भाइरसका संक्रमितको संख्या बढेपछि गाउँपालिकाको निर्णयअनुसार जेठ २१ गते राति १२ बजे बाट लागू हुने गरी जेठ ३१ गते राति १२ बजे सम्मका लागि गाउँपालिकाको निर्णयअनुसार सिल गरेको छ । एक बस्तीबाट अर्को बस्तीमा स्थानीयवासीको आवत जावत रोक लगाउर्ने अन्य जिल्लाबाट आउर्ने नयाँ मान्छेलाई निगरानिमा राख्ने समेतको निर्णय गरिएको खत्याड गाउँपालिकाका स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मी हरिबहादुर बुढाले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्