Logo

खाद्यान्न र स्वास्थ्य सामग्री पाउँदा दलित बस्ती खुसी

मुगु जिल्लाको अति अन्न उत्पादनका कमी हुर्ने सोरु गाउँपालिकाका एक दलित बस्तीमा बस्र्ते स्थानीयवासीले खाद्यान्न र स्वास्थ्य सामग्री पाएपछि निकै खुसी भएका छन् ।
सोरु गाँउपालिका–४ रावल वाडामा रहेका ५० घर धुरीका स्थानीय वासीहरूलाई यो वर्षको महामारी कोरोना भाइरस कोभिड–१९ को लामो लकडाउन बन्दा बन्दीको कारण चपेटा परेका दलित बस्तीमा स्टोरजि अफ नेपाल समुदाय काठमाडौंको ३ लाख ५७ हजार ७ सय ५० रुपैयाँको आर्थिक सहयोग र ग्रामीण सामुदायक सस्था मुगुको सहजीकरणमा ५० घर घुरीअन्तर्गत प्रतिघर ३० केजी खाद्यान्न, ५ केजी दाल, २ केजी नुन, लुगा धुर्ने १० पिस साबुन, ५ पिस नुहाउर्ने साबुन, १० दाना अण्डा, मास्क ५०पिस, चिनी २ केजी, सेनिटाइजर १ सय एमएलका २ बटा, स्वीतिक तेल १ लिटरलगायत १ प्रकारको खाद्यान्न र स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।
सरकारका आशमा दलितका नागरिक
देशमा अहिले ३ तहको सरकार छ । नजिकको सरकार भनेकै स्थानीय सरकार हो तर नजिकको सरकारले यहाँका नागरिकहरूको पिडा लाई बुझ्न सकेको छैन । पछिल्लो समय दलितका नागरिकहरू स्थानीय सरकारभन्दा गैरसरकारी संस्थाप्रति सन्तुष्ट देखिएका छन् भने स्थानीय सरकार प्रतिरुष्ट रहेको सोरु गाउँपालिका–४ रावल बाडा राहत लिन आएका दलित चन्द्र नेपालीले बताए । सरकारबाट महामारीको अवस्थामा दलित विपन्नलाई सहयोग गरी पर्ने हो तर त्यो नभएर एक कुनै समूहबाट आर्थिक सहयोग जुटाएर संस्थाले राहत वितरण गरेको संस्थाले मात्र नभएर शिक्षा स्वास्थ्यल गायत विभिन्न विषयमा दलितको लागि सारथिबन्दै आएको उनको भनाइ छ ।
गाँउमा खेती गर्ने जग्गा छैन
पछिल्लो समय मुगुमा कोरोना संक्रमणको दर वृद्धि हुँदै गएको छ । स्थानीय प्रशासन कार्यालयले आज सम्म ३ पटक निषेधज्ञा जारी गरेको छ । निषेभज्ञाले गर्दा दलितहरू मदुर मर्कामा परेका छन् । एक मुठीको आसमा रहेका दलितहरू कोरोनाले गर्दा उनीहरूको खोलिने मुठीनै पनि बन्द भएको छ । आर्थिक अवस्था पनि न्यून छ, अन्न बालि लगाऔ भने जमिन छैन, बन्दाबन्दीको समयमा आयातित खाद्यान्नलाई उपभोग गर्न नगरेता पनि आफ्नै खेत वारीमा अन्न उत्पादन हुने रैथाने बालि कोदो, कागुनालगायत अन्य बालि लगाऔ भन्ने आस पनि नरहेको सूचना नेपाली बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्