सेयर खरिदबिक्री गर्न गलत सूचना दिनेलाई कारवाहीको चेतावनी «

सेयर खरिदबिक्री गर्न गलत सूचना दिनेलाई कारवाहीको चेतावनी

धितोपत्र बोर्डले कुनै पनि कम्पनीको सेयर किन्न र बेच्नको लागि सुझाव दिने काम नगर्न चेतावनी दिएको छ ।
सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा कुनै कम्पनीको सेयर मूल्य बढ्ने वा घट्ने भनेर किन्न र बेच्नको लागि उत्साहित नबनाउन आग्रह गरेको छ । पछिल्लो समय फेसबुकका विभिन्न ग्रुपमा कुनै कम्पनीको सेयर किन्न र बेच्नको लागि विभिन्न खाले उत्साहित बनाउने गलत सूचना आएको भन्दै बोर्डले भ्रममा पार्ने सूचना संप्रेषण नगर्न सचेत गराएको हो ।
बोर्डले यस्तो खाले कामको लागि बोर्डबाट अनुमति लिनुपर्ने र यस्तो सूचना दिएमा धितोपत्र बोर्ड ऐन अनुसार कारवाही गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्