मृतकका परिवारलाई सहयोग रकम हस्तान्तरण «

मृतकका परिवारलाई सहयोग रकम हस्तान्तरण

गैरअआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) फ्रान्सले प्रदिप रानामगरको परिवारलाई आर्थिक सहयोग गरेको छ । मगरको केही समयअघि फ्रन्समा निधन भएपछि उनको परिवारलाई सहयोगस्वरुप ८ लाख ९२ हजार ४४५ रुपैयाँ सहयोग गरिएको हो । प्रदिपका बुवा विष्णुबहादुर राना मगरलाई एनआरएनए सचिवालयले एक कार्यक्रमको आयोजना गरी रकम हस्तान्तरण गरेको हो ।
मगर फ्रान्समा लामो समयदेखि बस्दै आएका थिए । उनको अचानक मुत्यु भएपछि आर्थिक सहयोग गरिएको हो । मृतक मगरको शव ५ डिसेम्बरमा पेरिसबाट नेपाल ल्याइएको थियो । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् फ्रान्सले परोपकारी कार्यहरु गरी संघको अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्