सत्ता साझेदारीबारे जसपा छलफलमा

जनता समाजवादी पार्टीले वैकल्पिक सरकार गठनमा सहमति जुटाउन आज शिर्ष नेताबीच छलफल गरेको छ ।
ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा बुधबार भएको छलफलमा शिर्ष तहबाट बैकल्पिक सरकार गठनका विभिन्न विकल्पबारे विचारहरु आएको नेता बाबुराम भट्टराईले जानकारी दिए । लोकतान्त्रिक पार्टी भएकाले फरक फरक धारणा आउनु स्वभाविक भएको भन्दै उनले छलफल जारी भएकाले विहिबारसम्म पार्टीको एकीकृत धारण तय गरिने जानकारी दिए । बुधबारको अनौपचारिक छलफलमा आएका विचारहरुमाथि थप छलफल गरि राष्ट्रिय राजनीतिमा योगदान पुग्ने गरि एकिकृत निर्णय गरिने उनले बताए ।
प्रतिनिधिसभाबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि गत २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री चयनका लागि दलहरुलाई एकसाताको समय दिएकी थिइन् ।