मध्य भोटेकोसी जलविद्युत्को आईपीओ आवेदन आईएमई पे बाट «

मध्य भोटेकोसी जलविद्युत्को आईपीओ आवेदन आईएमई पे बाट

आईएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसनबाट प्रवद्र्घित ‘आइएमई पे’ एपबाट मध्य भोटेकोसी जलविद्युत् आयोजनाको आईपिओमा आवेदन दिन सकिने भएको छ ।
कोरोना संक्रमण बढ्दै जाँदा जारी निषेधाज्ञाका कारण हिँडडुलमा समेत समस्या रहेको अवस्थालाई मध्यनजर गर्दै आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीय बासिन्दाहरूलाई लक्षित गरी जारी गरेको आईपीओमा आवेदन दिन सकिने व्यवस्था मिलाएको जनाइएको छ ।
आयोजनाको आईपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आयोजना प्रभावित क्षेत्रका डिम्याट खातावाहक बासिन्दाहरूले आइएमई पे मार्फत आवेदन दिन सक्ने छन् । अन्यलाई आवेदन दिनको लागि अर्को व्यवस्था गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्