दैनिक ५ गुणले संक्रमित थपिँदै उपकरण र जनशक्तिको अभाव «

दैनिक ५ गुणले संक्रमित थपिँदै उपकरण र जनशक्तिको अभाव


सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लाको केन्द्रमा रहेको डडेल्धुरा अस्पतालमा संक्रमिलले भरिभराउ भएका छन् । दैनिक ५ गुणले संक्रमित थपिँदै जाँदा उपकरण र दक्षजनशक्तिको अभाव छ । अस्पतालमा बिरामीको संख्या बढ्दै गएपछि मौजुदाको जनशक्ति र उपकरणले बिरामीलाई उपचार सेवादिन समस्याभएको छ । अस्पतालमा दक्षजनशक्तिको अभाव हुँदा उपचारमा समस्या हुने गरेको डडेल्धुरा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. जगदिशचन्द्र बिष्टले बताए ।
अस्पतालमा अहिले क्षमताभन्दा बढी कोरोना भाइरस संक्रमितहरूको उपचार भइरहेको छ, डा. बिष्टले भने । उनले एक जना बिरामीका लागि एक जना नर्स हुनपर्ने हुन्छ, तर डडेल्धुरा अस्पतालको आईसीयूमा पाँच जनामात्रै नर्स रहेको बताए। आईसीयूमा उपचार गराइरहेका बिरामीका लागि २४ सै घण्टा स्वास्थ्यकर्मीको निगरानीमा उपचार गर्नुपर्ने हुन्छ । २४ सै घण्टा सेवा दिँदा एक दिन बिदा दिनुपर्ने प्रावधान भए पनि अहिले नर्स मात्रै नभई चिकित्सकले समेत आराम गर्ने समय नपाएका बिष्टले बताए । डडेल्धुरा अस्पताल कोरोनाका बिरामीको चाप बढेको डडेल्धुरा अस्पतालका सूचना अधिकारी टंक प्रसाद पन्तले बताए । पन्त भन्छन्, ‘डडेल्धुरा अस्पतालमा हालसम्म ४७ जनाले उपचार लिएका छन ्।’
कारोनाका २२ जना बिरामी निको भएर घर फर्केको सूचना अधिकारी पन्तले जानकारी दिए । सूचना अधिकारी पन्तले भन्छन्, ‘हाल अस्पतालमा २५ जना कोरोनाका बिरामीहरू अस्पताल भर्ना भएका छन् ।’ उनकाअनुसार ३ जना बिरामीलाई बेड अभावले अस्पताल बाहिर नै सेवा लिई राखेका छन् । डडेल्धुरा अस्पताल सुदूरपश्चिमका अन्य पहाडी जिल्लाको केन्द्रका रूपमा रहनुका साथै अन्य अस्पतालको तुलनामा सुविधा सम्पन्न भएकाले कोरोना भाइरसका बिरामी उपचारका लागि डडेल्धुरा अस्पताल आउने गरेका छन ्। दिनुहँु संक्रमित थपिँदा अस्पतालले सबैलाई सहयोगकोे अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्