कोरोनाको दोस्रो प्रहारमा सचेतनाको खाँचो

कोरोनाको दोस्रो लहर पैmलिन सुरु भइसक्यो । सरकारले भेला, जुलुस, भीडभाडलगायतका कार्य नगर्न सुझाइरहेको पनि छ । स्वास्थ्य मापदण्ड अपनाउने कुरामा लगभग हामी जानकार छौँ तर जानाजान असचेत नबनौँ, किनकि छिमेकी भारतलगायतका धेरै देशमा आज बन्दाबन्दी गर्नुपर्ने बाध्यता भएका समाचारलाई मनन गरौँ । यतिखेर फेरि बाँच र बचाउको अभियान र आपूm सुरक्षित रहेर अरूलाई पनि सुरक्षित रहने परिवेश निर्माणको खाँचो बढ्दै छ । ब्राजिलमा एकैदिनमा हजारभन्दा बढीको मृत्यु भइरहेको तथ्य छ । छिमेकी भारतसँगैै नेपाल पनि दिनानुदिन जोखिममा छ । एकातिर सीमा नाकामा व्यवस्थापन र कडाइ गर्ने कुरामा कमजोरी देखिन्छ । फेरि रोजगारी गुम्ने, विपन्नले तड्पिनुपर्ने, जीवन कष्टकर हुने कुराप्रति सचेत र समाधानमा पूर्वतयारी अति नै आवश्यक देखिन्छ । हाम्रो स्वास्थ्य प्रणालीले कसरी धान्ला भन्ने अवस्था आउन नदिन ऐक्यबद्ध हुनुपर्छ ।
स्वास्थ्य मन्त्रालयले दैनिक ११ हजारसम्म सङ्क्रमित हुन सक्ने कुराको प्रक्षेपण गरिरहँदा रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिने उपायका बारेमा सोच्नु आवश्यक देखिन्छ । दोस्रो लहरको कोरोनाले बालबालिकामा निकै बढी प्रभाव पारेको कुरालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सुझाएर सचेतनाका लागि आग्रह गरिसकेको छ । यता प्याब्सनले भने स्वास्थ्य सावधानी अपनाएर विद्यालय खोल्ने भनिरहँदा त्यसबाट उत्पन्न हुन सक्ने परिणामलाई बोध गर्नु आवश्यक छ । सरकारले सहरी क्षेत्रमा अनलाइन माध्यमलाई अपनाउन सुझाएको छ । यो नयाँ प्रकृतिको कोरोना महामारीले १८ वर्षमुनिका बालबालिकामा असर पार्नु र तिनका लागि अभैmसम्म खोप तयार नहुनुलाई मन्त्रिपरिषद्ले स्पष्ट रूपमा मन्थन गर्नैपर्छ । विद्यालय सञ्चालनका लागि वैकल्पिक आधारलाई स्थान अनुकूल व्यवस्थापन गर्ने नीतिको खाँचो ल्याएर पनि व्यवस्थान गर्न सकिने देखिन्छ । मन्त्रालयले काठमाडौँ, ललितपुर, भक्तपुरसहित कास्की, रुपन्देही, चितवन, बारा, पर्सा, बाँके, कैलाली, मोरङ, दाङ र बाग्लुङ गरी १४ जिल्लालाई अति प्रभावित जिल्लाका रूपमा राखेको छ । सरकारले जेठको अन्तिमदेखि असारसम्ममा उच्चतम सङ्क्रमणको स्थितिमा पुग्न सक्ने कुराको अनुमान गरेको छ । तथापि, वर्तमान अवस्थामा सरकारले भने जसरी न त सीमामा कडाइ देखिन्छ, न त स्वास्थ्य सतर्कताको प्रभावकारी व्यवस्थापन नै देखिन्छ । अहिले सडकमा, यातायातमा, बजारमा देखिरहिएको बेवास्तालाई हेर्दा विपन्नको हुर्मत हुने दिन कतै बाजा बजाएरै आउने त होइन !
वर्तमान अवस्थामा जनताको जीवन रक्षाका खातिर नेपालमा खतराको घण्टी बजिसकेको छ । सकेसम्म बन्दाबन्दीको अवस्था, कफ्र्यु नै लाउने स्थिति भयो भने सबैभन्दा बढी सामान्य नागरिकले दुःख पाउनुपर्छ । जीवन रक्षाका लागि तड्पिनुपर्छ । यसअघिको सकारात्मक चिन्तनलाई हेर्ने हो भने अप्ठ्याराका बीचमा अनलाइन पढाइ, अनलाइन व्यापार, अझ अमेरिकामा त घरैमा खाना पु¥याउने घरदैलो पद्धति विकास भयो । बन्दाबन्दीको समयमा धेरै नेपालीमा सेयर कारोबारको ज्ञान विकास भएको देखिन्छ । विशेष गरेर अनलाइन प्रविधिलाई उपयोग गर्ने क्रमसँगै राष्ट्रिय अन्तर्राष्ट्रिय भेला, सेमिनार, ठूला–ठूला कार्यक्रमलाई श्रम, समय, सम्पत्ति बचाएरै पूरा गर्न सकिने एउटा ज्ञानको विस्फोटनले नेपालीमा पनि सकारात्मक प्रभाव पा¥यो । शिक्षक, विद्यार्थी, प्राध्यापकले प्रविधिमा खेल्ने एउटा एक्काइसौँ शताब्दीको चाहनालाई यसले सकारात्मक भूमिका निर्वाह गरायो । अझ मुलुकलाई स्वास्थ्य सेवाका विषयमा गम्भीर हुनुपर्ने आवश्यकताको पाठ सिकाएको छ । अलिकति सहरी विलासिताभन्दा ग्रामीण आकर्षण बढ्यो । आधारभूत आवश्यकताको महत्तालाई बोध गरायो । यसको अर्थ प्राविधिक अर्थात् डिजिटलाइज गर्न सिकायो । सहज यात्राका लागि यातायातमा सहरतिर टुटल, पठाओजस्ता तरिकाले स्थान पाए, तराईमा टेम्पो, अटोले अझ बढी प्राथमिकता पायो । यसको अर्थ यो महाजटिल परिस्थितिमा पनि शिक्षा, स्वास्थ्य, यातायात, वाणिज्य, अर्थतन्त्रको विकास, विज्ञान प्रविधिलगायत साहित्यिक विकासमा पनि थुप्रै सकारात्मक परिवर्तन देखिए, तर पनि महामारीबाट जोगिने, बाँच्ने अपरिहार्य स्थितिका विषयमा सधैँ सचेत र सजग भने हुनैपर्छ ।
हुन त सरकारले भारतलाई १० लाख डोज खोप ल्याउने गरी भुक्तानी दिएको भनी बताएको छ, तर यो मात्रै अन्तिम समाधान नहुने कुरा प्रस्ट छ । फेरि यो अर्काले देला र पाउँला भन्ने कुरा हो । अर्कातिर खोप लाएर ढुक्क भएर हिँड्न सकिएला÷नसकिएला भन्ने पनि अध्ययनकै विषय हो । महामारीमा पनि सामान्य नागरिकलाई बेवास्ता गरिने, पक्षपात गरिने, मेडिकल माफिया सलबलाउने लगायतका समस्या सुरु हुने खतरा बढ्छ । यस अवस्थामा भारत तथा चीनबाट सामान ढुवानी गर्ने र बाँच्ने आधारलाई सहज तुल्याउने कुरामा पनि उत्तिकै सतर्कता आवश्यक छ । सिङ्गो ढुवानीको सामग्री, व्यक्ति तथा अन्य सबै कुरामा स्वास्थ्य सतर्कताको खाँचो छ । यो अवस्थाका बीचमा गरिब, अशक्त अर्थात् अत्यावश्यकीय समस्यामा जेलिने अमानवीय सङ्कटका पक्षमा सरकारले हुनेले दिऊँ, नहुनेले लिऊँ भन्ने अभियानलाई व्यवस्थापन गर्नुपर्ने देखिन्छ । यसअघिको परिस्थितिबाट धेरै नै सचेत भएका हामी जनतालाई अबको अवस्थामा कडाइभन्दा पनि उचित व्यवस्थापनका आधारमा संयोजन गर्नुपर्ने खाँचो छ । निम्न आय भएका र दिनमा मजदुरी गरेर छाक टार्नेका बाध्यतालाई मानवीय भावनाका कोणबाट हेर्नु अत्यावश्यक छ ।
जतिखेर सवारी चलेका समयमा कसैले बढी भाडा असुले, स्वास्थ्य क्षेत्रमा माक्स, सेनेटाइजरलगायतका वस्तुमा कालोबजारी गरे, ग्याँस, खाद्यान्नलगायतका दैनिक उपभोग्य वस्तुमा मनोमानी मूल्य निर्धारण गरे । अप्ठ्यारामा सर्वसाधारणलाई ठगेका घटनादेखि भूmटा अपवाह र समाचार सम्प्रेषण गरेर भाइरसको निहुँमा भाइरल हुनेको चर्को लर्कोले पनि छोडेन । सङ्कटकालीन चपेटामा रहेर जीवन–मरणको दोसाँधमा एउटा नागरिकले प्राणको भीख मागिरहँदा कोही अर्कोले चाहिँ हिजो भूकम्प र नाकाबन्दीका समयमा जसरी ¥याल चुहाउनेलाई नियन्त्रण गर्ने बारेमा अहिल्यैबाट व्यवस्थापन गर्दै जानु आवश्यक छ । यस्ता दुःखद संवेदनामा पनि भूकम्पमा जसरी नक्कली पीडित बनेर त्रिपाल र एक बोरा चामल उठाउन लामबद्ध बन्ने सोच भएका धनाढ्यको गरिब मन अघि नसर्ला भन्न सकिन्न ।
मेडिकल माफियादेखि कालाबजारी र मौकामा मुख बाउनेहरूबाट पनि सँगसँगै जोगिनुपर्छ । यद्यपि सहयोगी, मनकारीको पनि कमी छैन भने तिनलाई हौसला दिन, धन्यवाद दिन किन कन्जुस्याइँ गर्ने ! यी दुई विपरीत अवस्थालाई सही पहिचान गरेर दण्ड र प्रोत्साहनको तहमा सरकार जागरुक हुनुपर्छ । हिजोको समयमा सरकारले एसईई रोक्यो, लोकसेवाका परीक्षा रोक्यो, त्रिविलगायतका परीक्षादेखि सभा, सम्मेलन, सीमा नाकामा कडाइ ग¥यो । यद्यपि यस्ता कुरामा पूर्वजानकारी गराएर समयमा नै सचेत तुल्याउँदा कमसेकम जनताले पूर्वतयारी गर्न पाउँछ । यदि बन्दाबन्दी गर्नुपर्ने परिवेश आउने भएमा केही दिनअघि नै जानकारी गराउँदा कमसेकम पूर्वतयारी गर्ने र घरमा जोहो गर्ने अवसर मिल्छ ।
पहिलो पटक बन्दाबन्दी घोषणा गर्दा सरकारले चैत ५ गतेसम्ममा कक्षा ९ सम्मको परीक्षा सक्ने, भर्ना अभियान नचलाउने तर धेरै सामुदायिकले यो अवस्था र आदेशलाई माने पनि निजी विद्यालयका धेरैले अवज्ञा गर्ने जमर्को गरेका थिए । जब कि सरकारले प्रवेश परीक्षाभन्दा ठूला–ठूला परीक्षा त रोकिसकेको थियो । यद्यपि यस्ता परिवेशमा जीवनरक्षा, मानवताभन्दा अर्को जात, पार्टीगत खेमा वा स्वार्थले प्रहार नहुने परिवेश निर्माणतर्पm जुट्नु आवश्यक छ । यस अवस्थामा भने स्नातक तह र सोभन्दा माथिल्ला कक्षाको परीक्षामा सुरक्षा मापदण्ड अपनाएर परीक्षा तथा कक्षा सञ्चालन गर्न सक्ने पनि देखिन्छ । किनभने, माथिल्ला तहमा विद्यार्थीको सङ्ख्या कमै हुन्छ । यी तहमा मूलतः सहरी क्षेत्रमा बढी सङ्ख्या भएको अवस्था भयो भने पनि त्यस क्षेत्रमा अनलाइन प्रविधिलाई अपनाउन सहज देखिन्छ । ग्रामीण क्षेत्रमा भने नेटवर्कको समस्या र प्रविधिमैत्री परिवेशको अभाव निकै नै देखिन्छ, तथापि ती क्षेत्रमा जोखिमको खतरा कम हुने देखिन्छ । विद्यार्थी सङ्ख्या कम हुने हुँदा भौतिक कक्षामा नै पढाउन सकिन्छ ।
मुलुकले फेरि बन्दाबन्दीको अवस्थामा जीवनरक्षा र जीवन सञ्चालनसँग जुहारी खेल्नुपर्ने अवस्था आयो भने ठूलो आर्थिक गिरावटलाई स्वीकार गर्नुपर्ने देखिन्छ । समृद्ध नेपाल ः सुखी नेपालीको स्वप्नामा प्रहार हुने अवस्था आउने देखिन्छ, तथापि यसो भनेर पनि बाँच्नुभन्दा ठूलो अन्य कुरा हुन सक्दैन । यस अवस्थामा बाँच र बचाउको अभियान अनि सचेतनाको खाँचो देखिन्छ ।