आहा–रारा गोल्डकपबाट सवा करोड आम्दानी लक्ष्य «

आहा–रारा गोल्डकपबाट सवा करोड आम्दानी लक्ष्य

मोफसलको प्रतिष्ठित ‘आहा रारा गोल्डकप’ फुटबल प्रतियोगिताको १६ औं संस्करणबाट यस वर्ष आयोजक सहारा क्लबले १ करोड २१ लाख आम्दानी गर्ने लक्ष्य राखेको छ ।
हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा माघ ९ गतेबाट पोखरा रंगशालाका सञ्चालन हुने उक्त प्रतियोगिता सम्पन्न गर्न ९० लाख खर्च हुने सहारा क्लबले जनाएको छ । बचत हुने ३१ लाख रूपैयाँ सहारा एकेडेमीको दैनिक कार्य सञ्चालनमा खर्चिने योजना रहेको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । सहारा एकेडेमीमा हाल १६ जिल्लाका २८ जना वालक रहेका छन् । यस वर्षको १६ औं संस्करणमा दुई विदेशीसहित १२ टिम सहभागी हुने भएका छन् ।
प्रतियोगितामा भारतको युनाइटेड सिक्किम फुटबल क्लब, बंगलादेशको उत्तर बरिन्धरा क्लब, मनाङ मस्र्याङ्दी क्लब, संकटा क्लब, रमपम झापा एघार फुटबल क्लब, धरान फुटबल क्लब, सुदुर पश्चिमाञ्चल एघार स्पोर्टिङ क्लब, थ्रि–स्टार क्लब, आयोजक सहारा र तीनवटा विभागीय टोलीहरू नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब सहभागी हुने जनाइएको छ । क्लबले यस वर्ष पुरस्कार राशीमा समेत वृद्धि गरेको छ । “खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन सहरको रूपमा स्थापित गरौं” भन्ने उद्धेश्यका साथ आयोजना हुने प्रतियोगितमा विजेताले उपाधि सहित ७ लाख एक हजार, उपविजेताले ३ लाख ५१ हजार प्राप्त गर्ने भएका छन। गत वर्ष विजेताले ५ लाख एक हजार, उपविजेताले २ लाख ५१ हजार प्राप्त गरेका थिए ।
यस वर्षको आहा–रारा गोल्ड कप हेर्न भाग्यशाली एकजना दर्शकलाई सहारा हङकङबाट स्कुटर प्रदान गरिने भएको क्लबका अध्यक्ष केशव बहादुर थापाले बताए । यस्तै अर्का दर्शकले एक थान एलजी टि.भी. प्राप्त गर्ने भएका छन् । पोखरा रंगशालाको फुटबल मैदान अन्तराष्ट्रियस्तरको निमार्णको लागि हाल ग्लोवल टेण्डर आह्वान भइ पुरानो प्यारापिट भत्काउने कार्य भइरहेकोले क्लबले यसपटक कृत्रिम प्यारापिट (स्काई फोल्डिङ) निमार्ण गर्ने भएको छ । सहारा क्लब अष्ट्रेलिया दोश्रो पुरस्कार प्रायोजकको रूपमा रहेको छ । प्रतियोगितामा विभिन्न पाँच विधामा उत्कृष्ट हुने पुरस्कार प्रायोजकमा पृथ्वी राजमार्ग बस संचालक समिति रहेको छ । हिमश्री फुड्स प्रालिका निर्देशक प्रकाश केसीले पश्चिम क्षेत्रकै प्रतिष्ठित प्रतियोगिता भएकोले आहा रारालाई आफुहरूले सहयोग गर्दै आएको बताए ।
हिरो ड्यास स्कुटर सर्वोत्कृष्ट पुरस्कार प्रयोजक रहेको छ भने, अफिसियल स्र्पोट्स वयर पार्टनर एक्स टेप स्र्पोट वयर, लुम्बिनी विकास बैंक अफिसियल बैंक, इको पानी अफिसियल वाटर, अफिसियल एयरलाइन्समा बुद्ध एयर, अफिसियल हस्पिटल गण्डकी मेडिकल कलेल (जिएमसी), होटल पोखरा गुडविल होटल पार्टनर रहेको छ । त्यसैगरी सनराइज ड्राईभिङ स्कुल प्रालि सर्वाधिक गोलकर्ता पुरस्कार प्रायोजक र एलजी टिभी, समाजसेवी एवं कानुन व्यवसायी देव गुरुङ, प्रदेश नं. ४ का सभासद राजिव गुरुङको सहयोगमा, नेपाल पर्यटन बोर्ड प्रर्वद्धक, पोखरा लेखनाथ महानगरपालिकाको संयोजन, राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति कास्की, एन्फा–कास्की, सहारा यु.के., सहारा हङकङ वर्ड लिङ्कको विशेष सहयोगमा सञ्चालन हुने भएको क्लबका वरिष्ठ उपाध्यक्ष हरिराम गुरुङले बताए ।

 

प्रतिक्रिया दिनुहोस्