महाकाली नदीमा -याफ्टिङ सुरु

महेन्द्रनगर-कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मुछेट्टीस्थित महाकाली नदीमा -याफ्टिङ सुरु गरिएको छ । भीमदत्त नगरपालिकाको आयोजनामा महाकाली नदीमा -याफ्टिङ सुरु गरिएको हो । नगरपालिकाले नगरको पर्यटन क्षेत्रलाई पर्बधन गर्नको लागि महाकाली नदीमा -याफ्टिङ सुरु गरेको जनाएको छ । महाकाली नदीमा सुरु गरिएको -याफ्टिङ झण्डै दुई वर्ष अगाडि नदीमा परीक्षणका लागि -याफ्टिङ गरिएको थियो । नगरपालिकाले -याफ्टिङ परीक्षण सफल रुपमा गरेपछि सञ्चालन गर्ने भनिएको -याफ्टिङ कोरोना महामारीले गर्दा सञ्चालन प्रभावित बनेको थियो । कोरोना महामारीको अवस्थालाई मध्यनजर गरेर नगरपालिकाले कोरोना महामारीको अवस्था केही साम्य भएपछि सञ्चालन गरेको छ ।
“कोरोना महामारीको कारणले सफल परीक्षण भएको -याफ्टिङ सञ्चालन गर्न सकिएको अवस्था थिएन” भीमदत्त नगरपालिकाका नगर प्रंमुख सुरेन्द्र विष्टले भने, “अहिले कोरोना महामारीको अवस्था केही हदसम्म भएपनि साम्य भएको अवस्था छ, अवस्था साम्य भएपछि नगरपालिकाले आफ्ना विभिन्न गतिविधि पनि अगाडि बढाउँदै लैजान्छ, फलस्वरुप नगरपालिकाले पर्यटन प्रवद्र्धन गर्न -याफ्टिङ सुरु गरेको हो ।”
नगरपालिकाले सोमबारबाट सञ्चालन गरेको -याफ्टिङ तीन दिनसम्म लगातार सञ्चालन हुनेछ । यस्तै तीन दिनपछि विभिन्न पर्यटन व्यवसायीलगायत साझेदार क्षेत्रहरुसँग नगरपालिकाले साझेदारी गरेर दैनिक जस्तो प्याकेज गरेर -याफ्टिङ सञ्चालन गर्ने भीमदत्त नगरपालिकाले जनाएको छ । भारतको टनकपुर स्थित बुम -याफ्टिङ कम्पनी र नेपालको महाकाली -याफ्टिङ कम्पनीले संयुक्त रुपमा -याफ्टिङ सञ्चालन गर्नेछन् ।
“नगरपालिकाले महाकाली नदीसँगै जाडिएको खल्ला, मुछेट्टी र टुडिखेल पूर्वाधारको क्षेत्रमा पनि विकास गनुपर्ने आवश्यता एकदमै रहेको छ” विष्टले भने, “नगरपालिकाले खल्ला मुछेट्टी क्षेत्रमा सडक सञ्जाल, विद्युत् लगायत पूर्वाधारको पहुँच पुगाएको छ, यो सँगै खानेपानी र सञ्चारको सेवा पनि विस्तारै सहजीकरण गरिदै जाने योजना रहेको छ ।” जिल्लाको महेन्द्रनगर सदरमुकाम क्षेत्रबाट निकै टाढा तथा दुर्गम मानिने खल्ला क्षेत्र पछिल्लो समय पूर्वाधार विकासले छोएको छ ।
मुछेट्टी क्षेत्रको साइलेन्ट रिभरदेखि खल्लाको प्राचिन सिद्धबाबाको मन्दिर क्षेत्रसम्म -याफ्टिङ सञ्चालन गरिनेछ । उक्त क्षेत्रको झण्डै साढे तीन किलोमिटर महाकाली नदी क्षेत्रमा -याफ्टिङ सञ्चालन हुनेछ । उक्त क्षेत्रमा भारतले विगत वर्षाैदेखि -याफ्टिङ सञ्चालन गर्दै आएको भएपनि नेपाली पक्षले भने सञ्चालन गर्न सकेको थिएन । -याफ्टिङ सञ्चालन पछि सदरमुकाम क्षेत्रबाट दुर्गम रहेको गाउँ बस्तीको पर्यटन क्षेत्रको पनि विकास हुने अपेक्षा गरिएको छ ।