रुकुमका चार पत्रकार उम्मेदवारमा सिफारिस «

रुकुमका चार पत्रकार उम्मेदवारमा सिफारिस

रुकुमः प्रतिनिधी तथा प्रदेश सभा निर्बाचनका लागि रुकमका चार राजनीतिक दलले आफ्ना उम्मेदवारहरु केन्द्रमा सिफारिस गरेका छन । जसमा चार जना पत्रकारहरु समेत रहेका छन ।

नेकपा एमाले, नेकपा माओबादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबाट १ जना प्रत्यक्ष र ३ जना समानुपातिक गरि ४ जना पत्रकारहरु उम्मेदवार सिफारिसमा परेका हुन । एमाले रुकुमले प्रतिनिधी सभाको प्रत्यक्ष उम्मेदवारको रुपमा नारायणकुमार शाहलाई सिफारिस गरेको छ ।

उनी जिल्ला सञ्चालित सामुदायिक रेडियो सिस्ने एफएमका स्टेशन मेनेजर हुन भने नेपाल पत्रकार महासंघ रुकुमको संस्थापक अध्यक्ष समेत हुन । त्यस्तै नेकपा माओवादी केन्द्रले दुई पत्रकारहरु उम्मेदवार सिफारिस गरेको छ । जसमा प्रतिनिधी सभाको लागि समानुपातिक तर्फ निमबहादुर बुढाथोकी र प्रदेश सभाका लागि समानुपातिक तर्फ लक्ष्मी पुन रहेकी छिन् । बुढाथोकी र पुन दुबै युद्धपत्रकारहरु हुन् ।

बुढाथोकी न्युनतम पारिश्रमिक निर्धारण समितिको सदस्य समेत भईसकेका छन भने पुन हाल गृह मन्त्रीको प्रेस संयोजक समेत छिन् । त्यस्तै नयाँ शक्ति पार्टी नेपाल रुकुमले प्रतिनिधी सभाका लागि रुकुम क्षेत्र १ बाट डम्बर बिष्टलाई सिफारिस गरेको छ । जिल्ला स्थित बिभिन्न रेडियो स्टेशनहरुमा समाचार तथा कार्यक्रम प्रमुखको रुपमा काम गरिसकेका बिष्ट हाल प्रेस सोसाइटीका प्रदेश नम्बर ६ को संयोजक समेत हुन ।

प्रतिक्रिया दिनुहोस्