Logo

प्रहरीको पत्रकार सम्मेलन

महानगरीय प्रहरी परिसर काठमाडौँले काठमाडौँ महानगरपालिका–१४ बल्खुकी सन्तोषी श्रेष्ठ सापकोटाको हत्या उनकै श्रीमानले गरेको जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँ ले बुधबार पत्रकार सम्मेलन गरी सन्तोषीको हत्या उनका श्रीमान् सन्तोषले गरेको जनाएको हो । प्रहरीले हत्यामा संलग्न सन्तोषलाई पनि सार्वजनिक गरेको छ । लागूऔषध दुव्र्यसनी सन्तोष श्रीमतीबीच सम्बन्ध राम्रो नभएको र घरयासी झैझगडाकै कारण उनले हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ । पत्रकार सम्मेलनमा महानगरीय प्रहरी परिसर काठमाडांैका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक अशोक सिंहले अपराधीले आफूले हत्या गरेको स्वीकार गरिसकेको जानकारी दिए ।
प्रहरीले सन्तोषीको मृत शरीरलाई बोरामा प्याक गरि फालेको अवस्थामा फेला पारेको थियो । प्रहरीले टोखा नगरपालिका–३ का सूर्य दर्शनहाइटका आशिष लिम्बुको हत्यामा संलग्न ३ जनालाई पनि सार्वजनिक गरेको छ । लिम्बूको हत्यामा संलग्न मोहम्मद कासिम मञ्सुरी, शेख अवदुल आलम र भुपेन्द्रकुमार शाहलाई सार्वजनिक गरिएको हो ।
उनीहरुसँग आशिषको झैझगडा भएको र त्यही रिसिइबीमा हत्या भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । प्रहरीले फागुन २९ गते टोखा मालुङको बाँसको झ्याङमा तन्नामा पोको पारी फालेको अवस्थामा आशिष लिम्बुको शव फेला पारेको थियो । दुवै घटनाका दोषी उपर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्