मोबाइल टाबरमा पावर नहुदा सेवा बन्द «

मोबाइल टाबरमा पावर नहुदा सेवा बन्द

मुगु-नेपाल टेलिकम कार्यालयका मुगु जिल्लामा रहेका मोबाइल टावरहरु घामको भरमा सञ्चालन भएका हुँदा राति पावरले काम नर्गने भएको हुँदा मोबाइल सेवा राति बन्द हुने गरेका छन् ।
मुगु जिल्लाको सदरमुकाम गमगढीलगायत विभिन्न ठाउँमा १३ वटा स्थानमा नमस्ते मोबाइलका टावर र २ ठाउँमा स्काई टावर घामको भरमा सञ्चालनमा छन् । मोबाइल टावर मानव बस्तीभन्दा टाढा अग्लो स्थानमा राख्नु पर्ने भएको हुँदा सोलार ब्याट्रीबाट सञ्चालन गर्नुपर्ने बाध्य छ । दिनमा घाम कम लाग्ने भएको हुदा राति प्रयाःजसो धेरै ठाउँमा ब्याट्रीमा पावरले काम नगर्ने र सदरमुकाम गमगढीमा १ महिना जति भयो गमगाढ साना जलविद्युत् आयोजन बिग्रेको हुँदा टेलिकमको ब्याकअप सोलरबाट रहेकाले राति काम नगर्ने भएको छ ।
रारा, गमगढी बजारमा रहेको मोबाइल टावर थ्रीजी जडान सञ्चालन गरिएको छ भने अन्य १३ स्थानमा टुजी जडान गरिएको समेत कार्यालय प्रमुख लामिछानेले बताएका छन् । राति प्रायःजसो मोबाइल सेवा १०/११, बजेबाट बिहान ९/१० बजेसम्म घाम नलागुन्जेलसम्म बन्द हुने हुदा बिहान, बेलुका आफन्त, घरपरिवारसँग फोनसम्पर्क गर्न निकै गाह्रो भएको छ । नेपाल टेलिकम कार्यालय मुगुले थप सोलार पाता राखेर ब्याट्रीमा पावर गरेर मोबाइल सेवा सञ्चालनमा ल्याइएको भए म जस्तै सदरमुकाम गमगढी बजार र बजार छेउछाउमा बस्ने स्थानीयवासीहरु निकै खुसी हुने थिए ।

 

प्रतिक्रिया दिनुहोस्