राजनीतिक पूर्वाग्रह नराखी काम गर्छु : अध्यक्ष पराजुली «

राजनीतिक पूर्वाग्रह नराखी काम गर्छु : अध्यक्ष पराजुली

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले राजनीतिक पूर्वाग्रह नराखी महिला हिंसाका घटनामा आयोगले शून्य सहनशीलताका साथ काम गर्ने प्रतिवद्धता जनाएकी छन् ।
आयोगले बुधबार भद्रकालिस्थित आफ्नै कार्यालयमा १ सय ११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा गरेको अन्तरक्रियामा अध्यक्ष पराजुलीले राजनीतिक पूर्वाग्रह नराखी महिलाका मुद्दालाई सम्बोधन गर्ने प्रतिवद्धता जनाएकी हुन् ।
उनले संबैधानिक आयोगका पदाधिकारी भएपछि सबैले पदिय भूमिका विना भेदभाव निर्वाह गर्नुपर्ने भन्दै राजनीतिक पूर्वाग्रह बिना महिला हिंसाका घटनाको अध्ययन अनुसन्धान र दोषीलाई कारवाहीको सिफारिस गरिने बताइन् ।
अध्यक्ष पराजुलीले राजनीतिक अनुभूति हुने किसिमको काम आफूबाट नहुने प्रतिवद्धता जनाइन् । उनले त्यस्तो भएको अनूभूति भए आयोगलाई खबरदारी गर्न पनि सुझाइन् ।

प्रतिक्रिया दिनुहोस्