इन्धनको मूल्य फेरि बढ्यो «

इन्धनको मूल्य फेरि बढ्यो

नेपाल आयल निगमले इन्धनको मूल्य फेरि वृद्धि गरेको छ ।
निगमले सोमबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल-मट्टीतेल तथा हवाई इन्धनको मूल्य २ रुपैयाँ बढाएको हो । गत ४ फागुनमा निगमले मूल्य वृद्धि गरेर पेट्रोल प्रतिलिटर ११४, डिजेल-मट्टीतेल ९७ र हवाई इन्धनको ६७ रुपैयाँ पु-याएको थियो । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ११६, डिजेल-मट्टीतेल ९९ र हवाई इन्धनको ६९ रुपैयाँ पुगेको छ । निगमले स्वचालिक मूल्य प्रणाली कार्यान्वयन कार्यविधिको आधारमा मूल्य वृद्धि गर्नुपरेको जनाएको छ । माघको अन्तिम साता मूल्य वृद्धि गरेको निगमले फेरि ४ फागुनमा मूल्य वृद्धि गरेको थियो ।
निगमले मूल्य वृद्धि गर्दासमेत पाक्षिक रुपमा मासिक रुपमा ८६ करोड ७८ लाख निगमलाई घाटा रहेको बताइको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य क्रमिक रुपमा वृद्धि हुँदै गएकाले हाल मार्च १ मा इण्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्य १६ फेब्रुअरीको तुनालमा वृद्धि भएर आएको र सो अनुसार मूल्य समायोजन नगर्दा निगमलाई पाक्षिकरुपमा १ अर्ब ५४ करोड ६ लाख घाटा हुने अवस्था रहेको देखिएको निगमका प्रवक्ता विनितमणी उपाध्यायद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्