जापानमा सिन्धुपाल्चोककी सुत्केरी युवतीद्वारा आत्महत्या «

जापानमा सिन्धुपाल्चोककी सुत्केरी युवतीद्वारा आत्महत्या

जापानको मियाजाकी प्रिफेक्चरमा एक नेपाली युवती झुण्डिएको अवस्थामा मृतफेला परेकी छिन् श्रीमानसँग बस्दै आएकी सुत्केरी युवतीले झुण्डिएर आफैंले ज्यान लिएको ठानिएको छ । आस्मा श्रेष्ठ नाम गरेकी युवतीको नेपाल घर सिन्धुपाल्चोक जिल्ला भएको बुझिएको छ । उनको एक महिना मात्र पुगेको काखे छोरी रहेकी छिन् ।
श्रीमानसँगै बस्दै आएकी उनले फेब्रुअरी १८ तारिख मध्यरात आफू निदाएको समयमा आत्महत्या गरेकाले आफूले थाहा नपाएको उनका श्रीमानले बताएका छन् । युवतीलाई आफैं बसेको घरको बरन्डाको भागमा झुण्डिएको अवस्थामा मृत फेला पारिएको उनका श्रीमानले जानकारी दिएका छन् ।
मृतक महिला श्रीमानको डिपेन्डेन्ट भिसामा रहेकी थिइन् । विद्यार्थीका रूपमा
जापान आएका दुवै जनाले गत वर्षमात्र प्रेम विवाह गरेका थिए ।
युवकले वर्किङ भिसा परिवर्तन गरेपछि मृतक युवती डिपेण्डेन्ट भिसामा बसेकी थिइन् । अन्तर्जातीय विवाह रहेका श्रीमान् श्रीमतीबीच मनमुटाव भएको ठानिएको छ । आत्महत्याको स्पष्ट कारण थाहा हुनसकेको छैन ।
दीपक नेपाली नाम गरेका उनका श्रीमानले हाल काखे छोरीलाई आफैंले राखेका छन् । जापानको नागोयामा एक नेपाली युवाले आत्महत्या गरेको खवर सेलाउन नपाउँदै अर्का नेपाली असामयिक निधनको घटना बाहिर आएको हो ।
जापानको नागोयामा रोजगारको सिलसिलामा रहेका बाग्लुङ ग्वालिचौरका ३७ वर्षीया मधु आचार्यले गत सोमबार राति आत्महत्या गरेका थिए ।

गोकर्ण अधिकारी

प्रतिक्रिया दिनुहोस्