Logo

कांग्रेसले द्वैध चरित्र देखायो : प्रभु साह

रौतहट-सहरी विकासमन्त्री तथा नेकपा ओली समूहका नेता प्रभु साहले नेपाली कांग्रेसले द्वैध चरित्र देखाएको बताएका छन् ।
बिहीबार गृहजिल्ला रौतहटको क्षेत्र नं. ३ अन्तर्गत पर्ने गुजरा नगरपालिकास्थित पुलको सिलान्यास गर्दै मन्त्री साहले कांग्रेसले अदालतको निर्णय पनि मान्छु भन्दै आन्दोलनका कार्यक्रम गरेर दोहोरो चरित्र देखाएको बताए । दोहोरो चरित्रका कारण पार्टीलाई गम्भीर घाटा लागेको समेत मन्त्री साहको आरोप छ ।
वर्तमान सरकार चुनावी सरकार भएकोले आगामी वैशाख १७ र २७ गते हुने संसदीय चुनाव कुनै पनि हालतमा सम्पन्न गर्न सरकार दृढ संकल्पका साथ लागेको उनले बताए । मन्त्री साहले चुनावमा लड्ने हिम्मत नभएका र जनतासँग डराउनेहरुले मात्रै संसद् पुनस्र्थापनाको माग गरेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्