Logo

सेन्ट्रल फाइनान्सको १० प्रतिशत लाभांश पारित

सेन्ट्रल फाइनान्सको २४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारण सभाले आर्थिक वर्ष २०७६-०७७ को नाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको छ ।
सभामा प्रमुख कार्यकारी अधिकृत रजोज मान श्रेष्ठले कम्पनीको चुक्ता पुँजी ८२ करोड ३३ लाख रुपैयाँ, निक्षेप ५ अर्ब २८ करोड २७ लाख रुपैयाँ र कर्जा लगानी ३ अर्ब ५८ करोड १० लाख रुपैयाँ रहेको बताए ।
कम्पनीको हाल केन्द्रीय कार्यालयसहित १४ वटा शाखा कार्यालय सञ्चालनमा रहेको तथा झापाको बिर्तामोड, सुनसरीको इटहरी र पर्साको वीरगञ्ज शाखा छिटै सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्