Logo

एभरेष्ट बैंक र कीर्तिपुर नगरपालिकाबीच सम्झौता

स्थानीय तहमा सुविधा प्रदान गर्नका लागि स्थानीय सरकारसँगको साझेदारीलाई निरन्तरता दिँदै एभरेष्ट बैंकले कीर्तिपुर नगरपालिकासँग कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता गरको छ ।
सम्झौता अन्तर्गत एभरेष्ट बैंकद्वारा आफ्नो आन्तरिक क्रेडिट निर्देशिका तथा नेपाल राष्ट्र बैंकको निर्देशिकाको प्रावधान अनुसार कीर्तिपुर नगरपालिकाका बासिन्दाहरुलाई कृषि कर्जा, सहुलियत कर्जा, कर्जा तथा शैक्षिक कर्जा उपलब्ध गराउनेछ । सो सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत जीके नेगी र कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले हस्ताक्षर गरे ।
बैंकले आफ्नो वृहत सञ्जालमार्फत अत्याधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको जनाएको छ । हाल बैंकको सातवटै प्रदेशमा रहेका १०० शाखा कार्यालय , ३१ राज्स्व संकलन काउन्टर तथा १३१ स्थानमा एटीएम काउन्टर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्