लक्ष्मी बैंकको ११% बोनस पारित «

लक्ष्मी बैंकको ११% बोनस पारित

लक्ष्मी बैंकको २०औं वार्षिक साधारणसभाले साढे ११ प्रतिशत लाभांश पारित गरेको छ । बैंकको मंगलबार बसेको साधारणसभाले ९ प्रतिशत बोनस सेयर र साढे २ प्रतिशत नगद लाभांस पारित गरेको छ । बोनस सेयर पारितसँगै बैंकको चुक्ता पुँजी १० अर्ब ६९ करोड रुपैयाँ पुगेको छ ।
बैंकको साधारणसभाको अर्को एजेण्डा सञ्चालक चयन पनि थियो । सर्वसाधारण सेयरधनीका तर्फबाट विश्वकरण जैन र स्वाति रुङ्गटा सञ्चालकमा निर्बिरोध चयन भएका छन् ।
बैंकको गत वर्ष एक खर्ब ७६ करोड निक्षेप थियो भने ८९ अर्ब ८९ करोड कर्जा लगानी गरेको थियो। गत बर्ष बैंकले एक अर्ब ४१ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्