पिबिएस आइटी करियर कन्क्लेभ हुने «

पिबिएस आइटी करियर कन्क्लेभ हुने

सूचना, सञ्चार तथा प्रविधि क्षेत्रमा भएको विकासले हाम्रो शिक्षा, जीवन शैली र संस्कार नै परिवर्तन हुँदै गइरहेको छ । अबको शिक्षा र व्यावसायीक करियरमा पनि सूचना प्रविधि अपरिहार्य झै बनिरहेको छ ।
पछिल्लो समय विश्वमा देखिएको कोरोना भाइरसको सन्त्रासले हामीलाई अझ प्रविधिसँग नजिक बनाइरहेको छ । नेपालमा पनि कोरोनाको प्रकोपका कारण दैनिक जीवन सुचारु गर्न र सहजताको लागि सूचना प्रविधिको प्रयोग र उपयोगिातमा व्यापक रुपमा भइरहेको छ ।
अबको १० वर्षमा सञ्चार तथा प्रविधि गर्दा हाम्रो जीवनमा कस्तो प्रभाव पार्छ ? इमर्जिङ प्रविधि सँग–सँगै हामी कसरी अगाडी बढ्छौं ? इन्नोभेसन र टेक्नोलोजिकल उद्यमशिलताको अवस्था कस्तो रहन्छ ? भन्ने सन्दर्भमा केन्द्रित रहेर प्रेसिडेन्सीयल बिजनेस स्कुल र लिभिङ विथ आइसिटीको संयुक्त आयोजनामा आगामी ‘पिबिएस आइटी करियर कन्क्लेभ’ आयोजना हुने भएको छ । पुस २५ र २६ गते आयोजना हुने २ दिने कन्क्लेभमा २० जनाभन्दा बढी विज्ञहरुले विविध विषयमा आप्mना धारणा राख्ने छन् । २ दिनसम्म सञ्चालन हुने यस कार्यक्रम विभिन्न ५ विषयमा सेसनहरु सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्