फेवातालको समस्या समाधान चाँडैः मुख्यमन्त्री गुरुङ «

फेवातालको समस्या समाधान चाँडैः मुख्यमन्त्री गुरुङ

पोखरा-कोरोना भाइरसको बाबजुत पनि पोखरामा बुधबारदेखि पोखरा सडक महोत्सव सुुरु भएको छ । यही पुस १७ गतेसम्म सञ्चालन हुने महोत्सवमा कोरोनाबाट बच्न र बचाउन तथा रोकथामको लागि आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै सामान्य ढंगबाट यस वर्षको सडक महोत्सव सुरु भएको महोत्सव संयोजक बसन्त गौतमले बताए ।
२२ औं संस्करणको पोखरा सडक महोत्सव अघिल्ला बर्षको जस्तो तडगभड्ग रहित, धेरै मानिसहरु भिडभाड हुने प्रकृतिका पप कन्सर्ट, विभिन्न खेल, लोक तथा दोहारी गीत प्रतियोयिगतालगायतका कार्यक्रम यस वर्ष नहुने भएको संयोजक गौतमले बताए । विगत २१ वर्षदेखि निरन्तर रुपमा सञ्चालन हुँदै आएको महोत्सव यस वर्ष भने कोभिड—१९ ले गर्दा ५ दिने महोत्सव तीन दिन मात्र सञ्चालन हुने भएको हो ।
कोरोनाको कारण हाल ८÷९ महिनादेखि पोखरासहित देशको धेरै पर्यटकीय क्षेत्र हाल अस्त व्यस्त भएको समयमा आर्थिक गतिविधि चलायमान समेत बनाउन उक्त महोत्सव यस वर्ष निरन्तरता दिनको लागि आयोजना गरिएको संयोगक गौतमले बताए । पोखरा सुरक्षित र खुला छ भन्ने सकारात्मक सूचना प्रवाह गरी पर्यटन प्रवद्र्धनका साथ साथै पोखरालाई अंगेजी नयाँ वर्षको गन्तब्य स्थलको रुपमा प्रवद्र्धन गर्न अघिल्ला वर्षको तुलनामा निकै कम भिडभाड सामान्य ढंगले महोत्सव हुने भएको उनले जनाए ।
उनले भने, “फिस्टेल गेटदेखि खहरेसम्म ३ किलोमिटर सडक क्ष्ोत्रका तीन ठाँउमा स्टेज बनाएका छौं, जहाँ सांस्कृतिक कार्यक्रमहरु प्रर्दशन हुन्छ, यसवर्ष अलि बढी सचेतना मुलक ढंगले महोत्सव गर्दै छौं ।”
यसैबीच, पोखरा सडक महोत्सव गर्ने विषयमा कास्की प्रशासनले भने गृह तथा पर्यटन मन्त्रालयमा समन्वय गर्दै उक्त महोत्सव गर्नको लागि हाल कुनै बाधा हड्चन नगर्ने भएको छ । कोरोनाको महामारीमा आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्न आफूहरुले निर्देशन दिइएको कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालले बताए । प्रशासनले लिखित रुपमा भने उक्त महोत्सव आयोजना गर्न कुनै पत्र दिएको छैन ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले महोत्सवको उद्घाटन गर्दैै यस महोत्सवले पर्यटनल क्षेत्रलाई सहज बनाउने भएको बताए । उनले यस वर्ष भित्र फेवातालको समस्या समाधान गर्ने दाबी गरे ।
फेवातालको नक्सांकन र सिमांकन गरे पछि अतिक्रमणमा परेकाहरुको मुआब्जा लगायतका विषयमा लगत स्टमेट पश्चात यसको न्यायोचित निकास दिन संघीय सरकारले सहयोग गर्ने मुख्यमन्त्री गुरुङले विश्वास व्यक्त गरे । उनले भने, “यो आर्थिक वर्षमा फेवातालको समस्या समाधान हुन्छ, फेवातालको नक्सांकन र सिमांकनको धेरै काम अघि बढेको छ, फेवातालको संरक्षण र सौन्दर्यमा पनि हामी लाग्छौं ।” रत्न मन्दिर तथा हिमागृह समेत प्रदेशको माताहातमा ल्याएर खुल्ला गर्ने तयारी भएको मुख्यमन्त्री गुरुङले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्