Logo

मनाङमा नेपाली पर्यटकलाई प्रवेश शुल्क

मनाङ- मनाङ घुम्न आउने नेपाली पर्यटकले पनि अबदेखि दस्तुर तिर्नुपर्ने भएको छ । असोजसम्म विदेशी पर्यटकले मात्रै तिर्दै आएको दस्तुर नेपाली पर्यटकले पनि तिर्नुपर्ने भएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले यहाँ आउने विदेशी तथा स्वदेशी पर्यटकलाई समेत प्रवेश शुल्क तिर्नुपर्ने नियम बनाएको हो । एमक्याप इलाका संरक्षण कार्यालय चामेका कृषि सहयोगी ओमबहादुर गुरुङले गत असोज २९ गतेबाट दुवैथरी पर्यटकले प्रवेश दस्तुर संकलन थालेको बताए ।
सार्क राष्ट्रका पर्यटकहरूको हकमा भ्याटसहित एक हजार रुपैयाँ लाग्छ । अन्य बाह्य देशका पर्यटकहरूलाई भ्याटसहित ३ हजार रुपैयाँ लाग्छ भने नेपाली ट्रेकर्स तथा घुम्न आउने नेपालीहरूलाई भ्याटसहित १ सय रुपैयाँ लाग्छ । मनाङ घुम्न आउने पर्यटकहरूले नेपाल पर्यटन बोर्ड काठमाडौं, नेपाल पर्यटन बोर्ड पोखरा र प्रवेश शुल्क काउन्टर त्रिबेन टोल लमजुङ, बेसीसहर गरी तीन स्थानमा प्रवेश शुल्क बुझाउन सक्नेछन् । यसबाहेक नासो गाउँपालिकाको धारापानीस्थित एमक्यापको चेकजाँच कार्यालयमा पर्यटक प्रबेश शुल्क तिर्नुपर्नेछ । तर, यहाँ प्रवेश शुल्क तिर्नुपरेमा शतप्रतिशत जरिबाना लाग्ने नियम रहेको गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्