सप्तरीमा कुस्ती प्रतियोगिता सुरु «

सप्तरीमा कुस्ती प्रतियोगिता सुरु

सप्तरी-सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–२ स्थित लोनियामा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा पर्साका सुनिल साहले भारत मध्य प्रदेशका रविन्द्र कानुलाई पाखा लगाए भने दोस्रो खेलमा भारत जम्मुका निसारले भारतकै हरियाणाका सुरेन्द्र पाललाई पराजित गरे ।
प्रतियोगितामा नेपालको पर्सा, बारा, सिरहा र सप्तरीका साथै भारतको जम्मु, कानपुर, दिल्ली, राजस्थान, मेरठ, हरियाणाका गरी ४२ जना पहलमानको सहभागिता छ । प्रतियोगिता २६ गते सम्पन्न हुनेछ । प्रतियोगिताका विजेताहरुलाई नगदका साथै मेडल र शिल्ड प्रदान गरिने कार्यक्रम रहेको आयोजक समितिका अध्यक्ष रामेश्वर मण्डलले बताए ।

प्रतिक्रिया दिनुहोस्