Logo

सिटिजन्सद्वारा ज्येष्ठ नागरिकलाई भोजन

 सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले राजधानीको मीनभवनस्थित निःसहाय सेवा सदन, ज्येष्ठ नागरिक आवास गृहका ४० वृद्धवृद्धालाई भोजनको प्रबन्ध गरेको छ । बैंकले स्थापनाकालदेखि नै उक्त आवास गृहमा रहेका ज्येष्ठ नागरिकलाई भोजनको प्रबन्ध गर्दै आएको छ । यसैको निरन्तरतास्वरूप यस वर्ष पनि बैंकले उक्त कार्यक्रम सञ्चालन गरेको हो । बैंकले देखाएको यो अग्रसरताले ज्येष्ठ नागरिकको हेरचाहमा टेवा पुग्ने धारणा बैंकले लिएको छ ।
अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालनगर्ने कुरा बैंकले जानकारी दिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि फैलिएका आफ्ना ८० वटा शाखा, ७५ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ एकाइहरूबाट करिब ३ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
आफ्ना ग्राहकवर्गलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्बा, ड्राफ्ट, भिसा, एटीएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधा पनि उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्