लघुवित्त बैंकर्सको कार्यशाला गोष्ठी «

लघुवित्त बैंकर्सको कार्यशाला गोष्ठी

नेपाल लघुवित्त बैंकर्स संघले प्रमुख कार्यकारी अधिकृत स्तरीय कार्यशाला गोष्ठी सञ्चालन गरेको छ । उक्त गोष्ठीमा काठमाडौं विश्वविद्यालयका सह–प्राध्यापक तथा वरिष्ठ अर्थशास्त्री डा. विश्व पौडेलले कार्यपत्र प्रस्तुत गरेका थिए । संघको कार्यक्रम तथा उपलब्धी, लघुवित्त संस्थाहरुका लागि आचार संहिता, कर्जा सूचना सम्बन्धि कार्य प्रगति एवं चुनौती तथा नेपाल फिनसप्mट कम्पनीद्वारा विकसित बैंकिङ सप्mटवेरबारे छलफल भएको थियो ।
संघका नीतिगत वकालत, क्षमता अभिवृद्घि, र ज्ञान व्यवस्थापनका कार्यहरुको महत्व तथा चुनौतीको चर्चा गर्दै डा. पौडेलले संघले अनुसन्धानका लागि आप्mनो स्रोत सुदृढ गर्ने र राष्ट्रियस्तरमा आप्mनो उपस्थिति उच्च राख्न सुझाव दिए ।
उनले लघुवित्त संस्थाहरुको कार्य सञ्चालनमा एकरुपता ल्याउन, संस्थागत क्षमता अभिवृद्घि गर्न, खराब कर्जा असुली तथा गाभ्ने÷गाभिने व्यवस्था जस्ता जटील विषयहरुमा सहजिकरण गर्न र बजार विकास गर्न संघले खेल्नसक्ने भूमिकाबारे पनि सचेत हुन आग्रह गरे । नेपाल लघुवित्त बैंकर्स संघ छाता संगठनका रुपमा २०६३ सालदेखि लघुवित्त क्षेत्रको हकहीतका लागि सक्रिय रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्