पर्यटकलाई घोडा चढाएर आम्दानी

मुगु- कोरोना महामारीका लागि लगाइएको लकडाउन दुकुलो भएसँगै रारा घुर्ने पर्यटकको संख्या बढेको छ । चार्डपर्वको बेलामा पर्यटकको संख्या अझै बढेपछि रारामा घोडा व्यवसायीहरुले रोजगारी पाएका छन् ।
रारा घुम्न आउर्ने पर्यटकको संख्या अत्याधिक बढेपछि ढुवानीको रुपमा घोडामा सवारी गर्दा स्थानीयले रोजगारी पाएका हुन् । घोडा चढ्दा तिर्नुपर्ने शुल्कमा एकरुपता नहुँदा कतिपय व्यवसायीले महंगो शुल्क लिने गरेको स्थानीय बताउँछन् । कतिपय पर्यटकले व्यक्तिपिच्छे फक फरक शुल्क लिइएको भन्दै गुनासोसमेत गरेका छन् ।