Logo

सुबिसुले राउटिङ सुरक्षाको विश्वव्यापी मापदण्ड पालना गर्ने

सुबिसु केबलनेट राउटिङ सेक्युरिटीका लागि पारस्परिक मापदण्ड (एमएएनआरएस) मा हस्ताक्षर गर्ने पहिलो नेपाली इन्टरनेट सेवा प्रदायक बनेको छ ।
यो मापदण्ड राउटिङ सेक्युरिटीसम्बन्धी परामर्श दिन इन्टरनेट सोसाइटीले सुरु गरेको विश्वव्यापी पहल हो । यसले इन्टरनेट राउटिङमा हुने समस्याहरुलाई दीर्घकालीन रुपमा समाधान गर्ने गर्छ । साथै यसले राउटिङ सुरक्षा सम्बन्धी सुरक्षित तरिकाले काम गर्न ठूलो भूमिका खेल्छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको साइबर सुरक्षा विनियमावलीमा यस प्रणालीलाई हरेक आईएसपीले अनिवार्य रुपमा कार्यान्वयन गर्नुपर्ने प्रावधान राखेको छ, जसमा सुबिसु हस्ताक्षर गर्नेमा नेपालको पहिलो आईएसपी भएको सुबिसुले जनाएको छ ।
इन्टरनेट जगतमा हरेक दिन साइबर सुरक्षासम्बन्धी थुप्रै खालका घटना भइरहेका हुन्छन् । जसले गर्दा विश्वव्यापी इन्टरनेटमै विभिन्न समस्याहरु आईपर्ने गर्छ । जस्तै राउट हाइज्याकिङ, राउट लिक, आईपी एड्रेस स्पुफिङलगायत नकारात्मक गतिविधिले गर्दा डिडस अट्याक, ट्राफिक इन्स्पेक्सन, प्रतिष्ठामा आँच आउनेजस्ता समस्याहरु निम्त्याउँछ ।
एउटा आईएसपीको राउटिङ समस्यले विश्वव्यापी इन्टरनेट जगतमै व्यापक समस्याहरु आइपर्ने हुँदा यस्ता समस्यालाई समाधान गर्न एमएएनआरएसको विश्वव्यापी पहलमा हस्ताक्षर गरिएको कम्पनीले जनाएको छ । राउटिङ समस्याहरुलाई समाधान गर्न आईएसपीरएनएसपीले एमएएनआरएसको सुझावअनुसार फिल्टरिङ, एन्टी स्पुफिङ, को–अर्डिनेसन र ग्योबल भ्यालिडेसनजस्ता चारवटा विभिन्न विषयमा ध्यान पु¥याए राउटिङ समस्याहरुको समाधानमा सहयोग पुग्ने सुबिसुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्