बजेट अभावले गर्दा निर्मार्णाधीन भलिबल प्रशिक्षण केन्द्र अलपत्र अवस्थामा «

बजेट अभावले गर्दा निर्मार्णाधीन भलिबल प्रशिक्षण केन्द्र अलपत्र अवस्थामा


पोखरामा निर्माण हुँदै गरेको भलिबल प्रशिक्षण केन्द्र (ट्रेनिङ सेन्टर) बजेट अभावले हाल अलपत्र अवस्थामा परेको छ । सरकारी निकायको सहयोग बिना स्थानीय स्तरबाट निर्माण कार्य सुरु गरिएको उक्त केन्द्रको हाल ६० प्रतिशत निर्माण कार्य सम्पन्न भए पनि हाल बजेट अभावले गर्दा अलपत्र अवस्थामा रहेको नेपाल छन्त्याल संघ कास्कीका अध्यक्ष सुवेदार धनबहादुर छन्त्यालको बताए । करिब ५५ लाखको बजेटमा करिब १ हजार दर्शक क्षमताको प्यारापिट सहितको भलिबल प्रशिक्षण केन्दै स्थापनामा लागे पनि कोरोनाको कारण संघका अन्य आयस्रोतहरू पनि नभएकाले गर्दा अन्य दाताहरूबाट समेत हाल रकम आउन समस्या भएकोले गर्दा आफूहरूको योजना हाल अलपत्र अवस्थामा परेको उनले जनाए ।
संघको आन्तरिक स्रोत तथा विदेशमा रहेका नेपालीहरूबाट प्राप्त भएको केही रकमले हाल करिब ४५ लाखको भएकोे जसमध्ये १० लाख ऋणमा काम भएको संघका सचिव दलमान छन्त्यालले गुनासो गरे । उक्त परियोजना सम्पन्न गर्न हाल आफूहरूलाई २० लाख रुपैयाँको बजेट आवश्यक भएको उनले जनाए । पोखरा–३ स्थित नदीपुरमा रहेको नेपाल छन्त्याल संघको करिब दुई रोपनी क्षेत्रफलमा किरियापुत्री भवन, चिकन, ट्याइलेड बाथरुम लगायतका भौतिक संरचना समेत निर्माण भएको छ । भिरालो ठाँउमा उक्त जग्गा रहेकोले रिटेलिङ वालसहितको जाली लगाउनु पर्ने अबस्था रहेको सचिव छन्त्यालले जनाए ।
यसैबिच, गण्डकी प्रदेश सांसद रामजी बराल (जीवन) ले मंगलबार संघको हाल निर्माण हुँदै गरेको भलिबल प्रशिक्षण केन्द्रको अवलोकन पश्चात सहयोग गर्ने बचन दिएका छन्। उनले भने “तपार्इंहरूको जुन रूपमा स्थानीय स्रोतसाधनलाई परिचालन गरी यो अभियानका साथ भलिबल ट्रेनिङ सेन्टर बनाउँदै हुनुहुन्छ, यो राज्यले गर्ने काममा तपार्इंहरूले साथ दिएकोमा प्रदेश सरकारको पनि तपार्इंहरूको यो अभियानमा केही न केही साथ सहयोग हुन्छ, विशोस्त हुनुहोस् ।” निर्वाचन पूर्वाधार विकास कार्यक्रमअन्तर्गत सांसद विकास कोषबाट करिब २ करोडको बजेट भए पनि पोखरामा ६ र माछापुछ्रे गाउँपालिकामा ९ वटा वडामा गरी १५ वटा वडामा बजेट विनियोजन गर्नुपर्ने अवस्था रहे पनि त्यसको हालसम्म कार्यविधि नआएकाले हाल योजना छनोट नभएको सांसद बरालले जनाए ।

प्रतिक्रिया दिनुहोस्