Logo

दशैंपछि मन्त्रिमण्डल पूनर्गठन हुन्छ : महेश बस्नेत

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् सांसद महेश बस्नेतले दशैंलगत्तै मन्त्रिमण्डल हेरफेर हुने र सचिवालय पनि पूनर्गठन हुने घोषणा गरेका छन् । उनले भने, ‘अहिलेसम्मको समिक्षा गर्दा प्रधानमन्त्री केपीशर्मा ओली सफल हुनु भएको छ । र, आगामी दिनमापनि सफल हुनुहुन्छ । ७ महिनाको कार्यकालको समिक्षा स्वयम् प्रधानमन्त्रीले पनि गर्दै हुनुहुन्छ ।’
रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै नेता बस्नेतले दशैंलगत्तै सरकारले केही लोकप्रिय कार्यक्रमहरु ल्याउने पनि जानकारी दिए । उनले भने, ‘सरकारले केही वितरणमुखी बजेट ल्याउनेछ । र, सरकारले समग्रतामा चाहे त्यो प्रधानमन्त्रीको सचिवालयको पूर्नगठनको कुरा होस या मन्त्रिमण्डल पूर्नगठन गर्ने कुरामा पनि ध्यान दिनेछ । प्रहरी प्रशासन परिचालनको विषयमा पनि ध्यान दिनेछ ।’
उनले वर्तमान प्रधानमन्त्री केपीशर्मा ओली नेतृत्वको सरकारसँग जनता अहिले खुशी रहेको विश्वास दिलाउँदै भने, ‘सरकारको परफर्मेन्सबाट जनता खुशी छन् ।’
संघीयता कार्यान्वयन गर्न धेरै चूनौति रहेको उनले बताए ।
वर्तमान प्रधानमन्त्री ओलीले २ नम्बर प्रदेशको जनताको भावना बुझेर संविधान संशोधन गर्ने कुरा गरेको पनि उनले सुनाए । उनले सीके राउत र नेत्रविक्रम चन्द ‘विप्लव’का गतिविधिहरु एकदमै गलत रहेको बताए ।
बस्नेतले अतिवादीहरुले अहिले वर्तमान सरकारको मुल्यांकनगरिरहेको पनि स्पष्ट पारे । उनले भने, ‘निर्मला पन्तको घट्नालाई जोडेर नेपालको शान्ति र सुरक्षालाई कमजोर ठान्नु ठीक होईन् । सरकारले यो घट्नामा गम्भिर ध्यानदिएको छ । अनुसन्धान पनि जारी छ ।’
फरक प्रसँगमा उनले आफ्नो पार्टीको सांगठनिक अवस्था अहिले कमजोर भैरहेको स्वीकार गरे ।

प्रतिक्रिया दिनुहोस्