Logo

‘अनुसन्धानमूलक पत्रकारितालाई उच्च प्राथमिकता’

पत्रकारिता क्षेत्रका प्राध्यापक तथा अग्रजहरुले नेपालमा अनुसन्धानमूलक पत्रकारितालाई उच्च प्राथमिकता दिएर अघि बढ्नुपर्ने बताएका छन् । शनिबार पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागमा एमफीलतर्फ पत्रकारिता अध्ययन गरिरहेका पहिलो ब्याजका शोधार्थीहरुले नयाँ शोधार्थीहरुको स्वागत तथा पत्रकारिताका गुरुहरुको लागि आयोजना गरेको कार्यक्रममा उनीहरुले सो कुरा बताएका हुन् ।
अधिकांशले आमसञ्चार माध्यममा आएको सामग्रीको आधारमा धारणा बनाउने हुनाले पत्रकारिता क्षेत्रमा अनुसन्धानलाई मुख्य जोड दिनुपर्ने बताउँदै यसका लागि पत्रकारिता अध्ययन गरिरहेका विद्यार्थीको भुमिका महत्वपूर्ण हुने बताए । त्रिभुवन विश्वविद्यालयको मानवीकि तथा सामाजिक विज्ञानका डिन डा.प्रा. शिवलाल भुषालले पत्रकारिताको माध्यमबाट समाजलाई सकारात्मक अघि बढाउन अनुसन्धानमूलक पत्रकारिताको भुमिका महत्वपूर्ण हुने बताए । उनले पत्रकारितातर्फ पहिलोपटक एमफील र पीएचडी सञ्चालन गरिहेको बताउँदै यसले अनुसन्धानमूलक पत्रकारितालाई अघि बढाउन थप मद्दत पुग्ने बताए । कार्यक्रममा उनले पत्रकारिताको एमपीएलतर्फको पहिलो सेमेष्टरमा उतीर्ण शोधार्थीलाई प्रमाणपत्र समेत वितरण गरेका थिए ।
केन्द्रीय विभागका प्रमुख चिरञ्जीवी खनालले पत्रकारिताको एमफील र पीएचडीले अनुसन्धानलाई विशेष जोड दिएको बताए । पूर्व प्रमुख पी खरेलले अनुसन्धानमूलक लेख तथा सामग्रीका लागि शैक्षिक अध्ययन महत्वपूर्ण हुने बताए । कार्यक्रममा पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख चिरञ्जीवी खनाल, पूर्व प्रमुख पी खरेल, प्राध्यापकहरु राजकुमार पोखरेल, डा. कुन्दन अर्याल, डा. शुधांशु दाहाल, डा. निर्मल रिजाल, डा. शुशीलराज पाण्डेलगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा एमफीलतर्फका पहिलो ब्याजका शोधार्थीहरुले नयाँ ब्याजका शोधार्थीहरुलाई स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्