कांग्रेस केन्द्रीय समिति बैठक आज «

कांग्रेस केन्द्रीय समिति बैठक आज

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुत्ररबार (आज) बस्ने भएको छ । शुक्रबार दिउँसो २ बजे बैठक केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ ।
बैठकमा अहिले छलफलको चरणमा रहेको पार्टीको विधान र समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ । प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा मुख्यगरी अहिले सुझाव संकलन भइरहेको पार्टीको विधानका बारेमा छलफल हुने बताए । बैठकमा महामन्त्री डा. शशांक कोइरालाले पार्टी विधानका बारेमा अहिलेसम्म भएको प्रगतिबारे जानकारी गराउनेछन् । त्यस्तै, अनुशासन समिति र कार्यसम्पादन समितिको बारेमा पनि केन्द्रीय समिति बैठकमा छलफल हुनसक्ने शर्माले बताए । “मुख्यगरी बैठकमा महामन्त्रीज्यूले पार्टीको विधानमा अहिलेसम्म भएका प्रगतिका बारेमा बैठकमा जानकारी गराउनुहुनेछ,” प्रवक्ता शर्माले भने, “समसामयिक राजननीति, अनुशासन समिति र कार्यसम्पादन समितिको विषयमा पनि बैठकमा छलफल हुनेछ ।”
देश संघीयतामा गएपनि कांग्रेस भने पुरानै विधानअनुसार चलिरहेको छ । कांग्रेसले नयाँ संघीय संरचनाको मोडलमा पार्टीको संरचना लैजान सकेको छैन । कांगे्रसले संगठनलाई संघीय संरचनामा लैजाने गरी तयार गरेको प्रस्तावित विधानमाथी अहिले प्रदेश प्रदेशमा कार्यक्रम गरी सुझाव संकलन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्