Logo

एनसेलको डीडीएका लागि तेस्रोपटक प्रस्ताव आह्वान

निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) का लागि सरकारले तेस्रोपटक प्रस्ताव आह्वान गरेको छ । यसअघि दुई पटकसम्म गरिएको आह्वानमा स्वदेशी कम्पनी इच्छुक नभएपछि अन्तर्राष्ट्रिय परामर्शदातृ कम्पनीको प्रस्ताव आह्वान गरिएको हो । तेस्रो चरणको आवेदनमा इच्छुक स्वदेशी तथा विदेशी कम्पनीलाई आवेदन पेश गर्न एक साताको समय बाँकी रहेको ठूला करदाताको कार्यालयले जनाएको छ । निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) का लागि सरकारले तेस्रोपटक प्रस्ताव आह्वान गरेको छ । यसअघि दुई पटकसम्म गरिएको आह्वानमा स्वदेशी कम्पनी इच्छुक नभएपछि अन्तर्राष्ट्रिय परामर्शदातृ कम्पनीको प्रस्ताव आह्वान गरिएको हो । तेस्रो चरणको आवेदनमा इच्छुक स्वदेशी तथा विदेशी कम्पनीलाई आवेदन पेश गर्न एक साताको समय बाँकी रहेको ठूला करदाताको कार्यालयले जनाएको छ । करसम्बन्धी विवाद निराकरणका लागि भन्दै ठूला करदाता कार्यालयले एनसेलको डीडीए गर्न स्वदेशी फर्म तथा कम्पनीहरूलाई यसअघि दुईपटकसम्म आवेदन खुला गरेको थियो । तर, तोकिएको समयमा एउटा पनि नेपाली फर्म तथा कम्पनीहरूबाट आवेदन नपरेको करदाता कार्यालयले जनाएको छ । “यसअघि प्रस्ताव गरिएपनि तोकिएको समयमा कुनै फर्म तथा कम्पनीबाट आवेदन आएन, ठूला करदाता कार्यालयका एक अधिकारीले भने “यसको टुंगो जसरी पनि लगाउने भनेर हामीले तेस्रोपटक प्रस्ताव आह्वान गरेका हौं ।” उनका अनुसार तेस्रो पटकको आवेदन पेश गर्ने समय अब एक साता बाँकी छ । एक साताभित्र कुनै कम्पनीले आवेदन दिएमा ती कम्पनीको सरकारले उपयुक्त कम्पनीको छनोट गर्ने छ । “छनोटमा परेका कम्पनीको माध्यमबाट डीडीए हुने छ के कति आवेदन आएको छ त्यो बारेमा खुलाउन मिल्दैन,” उनले भने, “तर, छनोट भएको कम्पनीबाट २०७२ चैत २९ गतेअघिको डीडीए हुनेछ ।” डीडीएपछि एनसेलको सेयर खरिद बिक्री तथा सम्पत्ति र दायित्वको यकिन मूल्यांकन भएर कर असुलीमा सघाउ पुग्ने बताइएको छ । एनसेल खरिद बिक्री प्रकरणमा करिब ६१ अर्ब रुपैंयाँ पुँजीगत लाभकर छली भएको कार्यालयको दाबी छ  । करिब तीन वर्षअघि अधिकांश हिस्सा सेयर हस्तान्तरण हुँदा लाग्ने पुँजीगत लाभकरमा विवाद आएपछि कार्यालयले एनसेलको कारोबार भएको बखतको सम्पत्ति र दायित्व मूल्यांकनका लागि प्रक्रिया अघि बढाएको थियो । करिब डेढ महिनाअघि पनि अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधिसभाको अर्थ समितिमा एनसेलकोे सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गरेर ६१ अर्ब रुपैयाँ कर असुली गर्ने बताएका थिए । त्यसपछि गरिएका दुईवटा प्रस्तावमा कुनै आवेदन नपरेपछि कार्यालयले बिदेशी कम्पनीलाई पनि आवेदन दिन पाउनेपछि तेश्रोपटक प्रस्ताव आह्वान गरेको जनाएको छ । स्वीडिस कम्पनी टेलियासोनेराले २०७२ मा १ खर्ब ४४ अर्ब रुपैयाँमा आफ्नो स्वामित्वमा रहेको सबै सेयर आजियाटा कम्पनीलाई बिक्री गरेपछि यसको लाभकारबारे विवाद उठ्दै आएको छ । लामो समय बितिसक्दा पनि लाभकर असुल हुन नसकेपछि डीडीए गरेरै भए पनि त्यसबाट आउने मूल्यमा कर लगाउने सरकारको तयारी छ । तर सर्वोच्च अदालतमा मुद्दा विचाराधीन हुँदा उक्त लाभकर असुल गर्ने प्रक्रिया रोकिएको छ । 

प्रतिक्रिया दिनुहोस्