करणीका आरोपित ४ सहित ११ जना पक्राउ «

करणीका आरोपित ४ सहित ११ जना पक्राउ

तेह्रथुम-तेह्रथुम प्रहरीले जबरजस्ती करणीको अभियोगमा संलग्न ४ जना अभियुक्त पक्राउ गरी सार्वजनीक गरेको छ । प्रहरीले २ महिनाको अवधीमा विभिन्न कसुर गरेर फरार रहेका ४ जना जबरजस्ती करणीकासहित ११ जना अभियुक्तलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा सौतेनी छोरीलाई जबरजस्ती करणी गरेर गर्भवती बनाई एक वर्षदेखि फरार भएका लालीगुराँस नगरपालिका–३ का शंकर थापा रहेका छन् । उनलाई काठमाडौंको गौशाला एरियामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो । त्यस्तै जबरजस्ती करणी उद्योगमा मोरङ कानेपोखरी गाउँपालिका–५ वयरबनका दिपेश कार्की, फेदाप गाउपालिका–१ सिम्लेका अमरबहादुर लिम्बु र आठराई गाउँपालिका–६ चुहानडाँडा बस्ने निश्चल मोक्तानलाई पक्राउ गरी सार्वजनिक गरिएको छ ।
चोरी मुद्दामा ५ वर्षअघि फैसला भई फरार रहेका आठराई गाउँपालिका–१ थोक्लुङ बस्ने जय नारयाण चौलागाई, सार्वजनिक अपराध मुद्दामा २ वर्षअघि फैसला भई फरार रहेका फेदाप गाउँपालिका–५ का भिमबहादुर कार्की, बालबिबाह मुद्दामा फरार म्याङलुङ नगरपालिका–६ बस्ने लक्ष्मण सिवा, बहुविवाह अभियोगका आठराई गाउँपालिका–३ का कृष्ण बहादुर गुरुङलाई पक्राउ गरिएको छ । यस्तै कुटपिट गरेको अभियोगमा छथर गाउँपालिका–५ ओख्रेका टंक बहादुर भण्डारी, कुटपिटकै म्याङलुङ–१ का लाक्पा सेर्पा र दावा सेर्पा, कर्तव्य ज्यान मुद्दामा ७ वर्षअघि फैसला भई फरार आठराई गाउँपालिका–४ का डबल घिसिङलाई प्रहरीले पक्राउ गरेको छ ।
विभिन्न स्थानमा लुकिछिपी बसेका अभियुक्तहरुलाई प्रदेश नं. १ प्रहरी र सिआईबीको विषेश सहयोगमा पक्राउ गर्न सफल भएको तेह्रथुमका प्रहरी नायब उपरिक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्